१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले-माओवादी मिलेर बन्नेभयो ‘नेपाल कम्युनिस्ट पार्टी’, विप्लवलाई हुनेभो तनाव !

७ फाल्गुन २०७४, सोमबार १८:५२

फागुन ८, काठमाडौँ | नेकपा एमाले र माओवादी केन्द्र मिलेर अब एउटै कम्युनिस्ट पार्टी बनाउने भएका छन् । एकीकृत पार्टीको नाम 'नेपाल कम्युनिस्ट पार्टी' राखिने छ । जुन नाम यस अघि विप्लव नेतृत्वको पार्टीले समेत प्रचारमा ल्याएको नाम हो । 

केहि समय अघिसम्म विप्लव माओवादी भन्दै त्यसै नामले चिनिएको उक्त पार्टीको नाम पछिल्लो पटक 'नेपाल कम्युनिस्ट पार्टी' नै भनेर परिचित छ तर अब यही नाम भोलीनै एमाले-माओवादीले नयाँपार्टीको स्वरुपमा निर्वाचन आयोगमा दर्ता गर्ने भएपछी विप्लव नेतृत्वको पार्टीलाई तनाव हुने भएको छ  ।

माथिको तश्विरमा: विप्लव नेतृत्वले आफ्नो ब्यानरमा आफुलाई 'नेपाल कम्युनिष्ट पार्टी' नामले परिचित गराउंदै आएको छ | उसले पहिले नेपाल कम्युनिष्ट पार्टी माओवादी राख्दै आएपनि पछिल्लो समय 'माओवादी' शव्द राख्ने गरेको छैन । उसले दुईदिन अघि निकालेको बिज्ञप्तिमा समेत आफ्नो लेटरहेडमा पार्टीको नाम 'नेपाल कम्युनिष्ट पार्टी' मात्र उल्लेख गरेको छ |  


निर्वाचन आयोगको विवरण अनुसार स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीको नाममा अर्कै पार्टी उल्लेख छ | जसको चुनाव चिन्ह कोदालो र घन राखिएको छ | तर प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकमा भने उक्त दलको नाम निशान छैन । यसको मतलव उक्त नाममा निर्वाचन आयोगमा विप्लव नेतृत्वको पार्टीले नाम दर्ता गरेको छैन । 

सोमबार एमाले र माओवादीबीच एकता लगत्तै आज (मंगलबार) नै नेपाल कम्युनिष्ट पार्टी नाम राखेर निर्वाचन आयोगमा दल दर्ता गर्ने बताइएको छ । यदी निर्वाचन आयोगले 'नेपाल कम्युनिष्ट पार्टी' को नाममै दल दर्ता गर्न दिएको खण्डमा विप्लवको पार्टीले आफ्नो नाम परिवर्तन गर्नुपर्ने बाध्यता हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह