१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय युवा शक्तिमा लोहनी

८ फाल्गुन २०७४, मंगलवार ०५:३५

फागुन ८, काठमाडौँ | एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को जनवर्गीय संगठन राष्ट्रिय युवा शक्तिको फणिराज लोहनी (राजु) को अध्यक्षतामा गठन भएको छ । 

उपाध्यक्षमा राजकुमार श्रेष्ठ र राजन लामा तथा महामन्त्रीमा सुरेन्द्र सेढाइ, सुभानसिंह राई र विनोद बानियाँ हुनुहुन्छ भने कोषाध्यक्षमा सुदर्शन सिलवाललाई मनोनयन गरिएको छ । 

सदस्यमा विष्णु पाण्डे, गोविन्द नगरकोटी र अकलबहादुर तामाङ हुनुहुन्छ । बाँकी छ केन्द्रीय सदस्य समावेशी आधारमा भूगोल र क्षेत्रको सन्तुलन मिलाएर मनोनयन गरिनेछ । 

नवगठित संगठनका अध्यक्ष लोहनीले आगामी दिनमा देशभर तदर्थ समिति गठन गरी युवा बेरोजगारीका समस्या समाधान तथा युवा सशक्तीकरणका लागि गतिविधि सञ्चालन गरिने जानकारी दिनुभयो । 

मुलुकमा भ्रष्टाचार नियन्त्रण तथा भ्रष्टाचारीलाई कारबाहीका लागि सम्बन्धित क्षेत्रमा दबाब दिने र पार्टीको निर्देशनमा देशैभर संगठन सुदृढीकरणमा क्रियाशील रहने उहाँले बताउनुभयो । 

डा प्रकाशचन्द्र लोहनी नेतृत्वमा रहेको सो पार्टीले अर्को जनवर्गीय संगठनका रुपमा चाँडै महिला संगठन गठन गर्ने केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह