2026-09-19 03:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रदेश १ काँग्रेस संसदीय दलको नेतामा कोइराला

फागुन ८, इनरुवा | प्रदेश नम्बर १ नेपाली काँग्रेस संसदीय दलको नेतामा राजीव कोइराला सर्वसम्मत चयन हुनुभएको छ । 

संसदीय दलको सोमबार विराटनगरमा बसेको बैठकले कोइरालालाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो । 

संसदीय दलको नेताका लागि पार्टीका दुईजना आकांक्षी रहेका प्रदेश सांसद केदार कार्की र शेखरचन्द्र थापाले अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएपछि कोइराला निर्विरोध चयन हुनुभएको नेपाली काँग्रेस सुनसरीका सचिव केदार भण्डारीले जानकारी दिनुभयो । कोइराला काँग्रेसका सुनसरी सभापतिसमेत हुनुहुन्छ । 

कोइराला प्रदेशभाको निर्वाचनका बेला सुनसरी क्षेत्र नम्बर २ (ख) बाट प्रत्यक्षतर्फ प्रदेशसभा सांसदमा विजयी हुनुभएको थियो । 

स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सुनसरीमा कोइरालाको कुशल नेतृत्व कै कारण सुनसरीमा काँग्रेसको राम्रो नतिजा आएको थियो । कोइरालालाई मंगलबार प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको छ । 

रेडक्रसमा पुन: मेहता 

यसैबीच, नेपाल रेडक्रस सोसाइटी इनरुवाको सभापतिमा पुनः रामप्रसाद मेहता चयन हुनुभएको छ । सोमबार सम्पन्न भएको भेलाले पुनः मेहतालाई सभापति पदमा चयन गरेको हो । 

त्यसैगरी, उपसभापतिमा महिचन साह, सचिवमा कामेश्वर पण्डित र कोषध्यक्षमा कुमार ओझालाई सर्वसम्मतरुपले चयन गरिएको सदस्य वीरेन्द्र साहले जानकारी दिनुभयो । 

यस्तै, सदस्यमा वीरेन्द्र साह, योगेन्द्रप्रसाद मेहता, निरादेवी मेहता, सीता रिजाल, ब्रह्मदेव पण्डितलगायतको चयन भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई