भर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भर"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ पार्टीको अध्यक्षता आलोपालो गछौ: प्रचण्ड

८ फाल्गुन २०७४, मंगलवार ०८:११

फागुन ८, चितवन | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पार्टीको अध्यक्षता केपी ओली र आफूले पालैपालो गर्ने बताउनुभएको छ । 


भरतपुरमा आज प्रेस चौतारी नेपाल र प्रेस सेन्टरले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले सैद्धान्तिक रुपमा नेपाल कम्युनिष्ट पार्टी भइसकेको भन्दै कानूनी रुपमा निर्वाचन आयोगमा दर्ता गरेपछि भन्न मिल्ने उल्लेख गर्नुभयो । 

“महाधिवेशन नभएसम्म दुवैजना अध्यक्ष प्रणालीमा गएका छौँ, आजबाट केपी ओली र मलाई अध्यक्ष मान्दा भयो,” उहाँले भन्नुभयो । व्यवहारिक र सैद्धान्तिक रुपमा ओली र आफू नयाँ पार्टीको अध्यक्ष भएको भन्दै दाहालले बैठकको अध्यक्षता समेत आलोपालो गर्ने गरी सहमति भएको जानकारी दिनुभयो । महाधिवेशनसम्म यसैगरी अघि बढ्ने उहाँको भनाइ थियो । 

अन्तरिम राजनीतिक प्रतिवेदन बनाउन माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठको सहभागितामा कार्यदल बनाएको र अर्काे कार्यदल अन्तरिम विधान र संगठनको सेटका लागि सुझाव दिन रामबहादुर थापा, प्रदीप ज्ञवाली लगायतको सहभागितामा दुईवटा कार्यदल बनाएको उहाँले बताउनुभयो । 

हप्ता दिनभित्रमा कार्यदलको सुझावको आधारमा र त्यही विधानको आधारमा बैठक बसेर पुरानो समिति भंग गर्ने तथा नयाँ केन्द्रीय समिति बनाएर निर्वाचन आयोगमा दर्ता गर्ने अध्यक्ष दाहालले बताउनुभयो । 

दुई वर्षभित्रमा महाधिवेशन गर्ने र सो समयसम्म ओली नै प्रधानमन्त्री हुने दाहालको भनाइ थियो । “महाधिवेशनपछि त महाधिवेशनले के गर्छ भन्ने हो, तर अहिले पाँचै वर्षका लागि ओली नै प्रधानमन्त्री, अव महाविधेशनले यही गर्छ भनेर मैले अहिले नै भन्न सक्दिन नी,” पत्रकारको जिज्ञासामा अध्यक्ष दाहालले भन्नुभयो । 

उहाँले सरकारमा आजै मन्त्री सिफारिस गर्ने जानकारी दिनुभयो । “नेपाल राष्ट्रका निम्ति निकै दुरगामी परिणाम यो एकता हो,” उहाँले भन्नुभयो । जनताको चाहना पूरा भएको भन्दै अध्यक्ष दाहालले खुशी व्यक्त गर्नुभयो । 

विमानस्थलमै आइपुग्नुभएका काँग्रेस महामन्त्री शशांक कोइरालाले कम्युनिष्ट एकतालाई सकारात्मक रुपमा लिएको भन्दै काँग्रेसलाई पनि बलियो बनाउन फाइदा पुगेको बताउनुभयो । उहाँले प्रचण्डसँग हात मिलाउँदै एकताको बधाईसमेत दिनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह