२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अध्यक्ष दाहाल र चिनियाँ उपमन्त्रीबीच भेटवार्ता, यस्तो छ छलफल ?

२०७४, ८ फाल्गुन मंगलवार ०८:४५

फागुन ८, काठमाडौँ | नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री ये झाउले भेटवार्ता गर्नुभएको छ । 


खुमलटारस्थित अध्यक्ष दाहालको निवासमा आज भएको भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम तथा नेपाल र चीनबीचको आपसी हित तथा चासोका विषयमा छलफल भएको थियो । 

भेटका अवसरमा उपमन्त्री झाउले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको एकताबारे राख्नुभएको जिज्ञासामा अध्यक्ष दाहालले नेपालको राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि दुबै पार्टी एकताको निर्णयमा पुगेको बताउनुभएको उहाँको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

अध्यक्ष दाहालले आर्थिक विकास गरेर समाजवादको लामो यात्रामा जाने उद्देश्यकासाथ शुरु भएको यस एकताले नेपाली विशेषता अनुरुपको समाजवादको सैद्धान्तिक कार्यदिशा निर्माण गर्नेमा जोड दिनुभएको बताइएको छ । 

चिनियाँ उपमन्त्री झाउले दुई पार्टीबीचको एकीकरणमा स्वागत गर्दै यो एकताले राजनीतिक स्थायित्व र विकासका निम्ति धेरै ठूलो काम गर्नेसक्ने बताउनुभएको विज्ञप्तिमा उल्लेख छ । 

नेपाल सरकारका तर्फबाट चीन सरकारसँग यसअघि भएका सहमति तथा सम्झौता व्यवहारमा रुपान्तरित हुने विश्वास व्यक्त गदै उहाँले एकीकृत पार्टीलाई चीनको तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ । 

नेपालको स्थायित्व, समृद्धि र विकासका लागि चीन सरकारले नेपाल सरकारलाई विगतदेखि पुर्याउँदै आएको सहयोगलाई निरन्तरता दिँदै भविष्यमा पनि सहयोगका क्षेत्र विस्तार गर्दै जाने चिनियाँ उपमन्त्री झाउले बताउनुभएको थियो । 

उहाँले अध्यक्ष दाहालाई चिनियाँ राष्ट्रपतिले लेख्नुभएको पुस्तक ‘द’ गभर्नेन्स अफ चाइना– २’ हस्तान्तरण गर्नुभएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन