१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

विद्यालयमा स्थानीयस्तरबाटै प्राविधिक शिक्षा दिनुपर्छः राष्ट्रपति

८ फाल्गुन २०७४, मंगलवार ०८:५६

फागुन ८,उदयपुर | राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध र आधुनिक विकसित नेपाल बनाउनका लागि विद्यालय शिक्षाको विकासलाई जोड दिनुपर्ने बताउनुभएको छ । 

कटारी बजारस्थित त्रिवेणी मावि स्थापनाको ५०औं वर्ष पुगेका अवसरमा आयोजना गरिएको स्वर्ण महोत्सवको समापनका अवसरमा राष्ट्रपति भण्डारीले दक्ष जनशक्तिबाट मात्र कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र उद्योग क्षेत्रमा तीव्र गतिमा विकास हुन सक्ने बताउनुभयो । 

विद्यालयमा स्थानीयस्तरबाटै प्राविधिक शिक्षा दिन सकेमा आगामी दिनमा नेपालबाट प्राविधिक शिक्षाका लागि अध्ययन गर्न जाने ठूलो जनशक्ति नियन्त्रण हुने उहाँले औँल्याउनुभयो । 

कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले त्रिवेणी माविलाई प्रदेशकै नमूना विद्यालय बनाउन आजैदेखि पहल गर्ने घोषणा गर्नुभयो । वरिष्ठ अधिवक्ता शम्भु थापा, विद्यालयका पूर्वसंस्थापक बलबहादुर राउत र स्वर्ण महोत्सव समितिका सदस्य सचिव तथा विद्यालयका प्राचार्य बालकृष्ण कार्कीले पनि मन्तव्य दिनुभएको थियो । सो अवसरमा विद्यालयको स्मारिकाको विमोचन पनि गरिएको थियो । स्वर्ण महोत्सव यही फागुन १ गते शुरु भई आज समापन भएको हो ।रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह