२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुधबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउँछ: सचिव ज्ञवाली

२०७४, ८ फाल्गुन मंगलवार ०९:५१

फागुन ८, काठमाडौँ | नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले बुधबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउने बताउनुभएको छ । 

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा सचिव ज्ञवालीले अबको सरकार मुलुकको समृद्धिका लागि हुनेमा जोड दिंदै संविधानले निर्दिष्ट गरेअनुसारको सानो आकारको सरकार गठन गरिने जानकारी दिनुभयो । 

सरकारको मुख्य उद्देश्य नै राजनीतिक स्थायित्व कायम गरी आर्थिक वृद्धि हासिल गर्ने हुँदा त्यसका लागि आवश्यक संख्या मात्र मन्त्रिपरिषद्मा रहने चर्चा गर्दै उहाँले भन्नुभयो, “हाम्रो कार्यदलले १५ वटा मन्त्रालय बनाउन सिफारिस गरेको छ, अब कतिपय मन्त्रालय एकीकृत गरिन्छ र कतिपय खारेज हुन्छन् ।” 

नेता ज्ञवालीले वर्तमान सरकारले लोकतन्त्रको सुदृढीकरण, राष्ट्रिय हितको रक्षा गर्ने, सुशासन कायम गरी भ्रष्टाचार नियन्त्रण गर्ने, समृद्धि हासिल गर्न लगानी बढाउने र संघीय संविधान कार्यान्वयनलाई प्राथमिकता दिने बताउनुभयो । 

देशमा सुशासन र आर्थिक समृद्धि कायम गर्न सरकारले दत्तचित्त भएर काम गर्ने जानकारी दिंदै उहाँले भन्नुभयो, “यो सरकार १० देखि पाँच कार्यालय आउने÷जाने होइन, रिबन काट्ने, पूजा गर्ने काम गर्दैन, किनकि हामी अग्निपरीक्षामा छौँ ।” 

एमाले र माओवादी केन्द्रबीचको एकता 

सचिव ज्ञवालीले विसं २००६ मा स्थापना भएको कम्युनिष्ट पार्टी विभिन्न समयमा फुट्दै गएको स्मरण गर्दै एमाले र माओवादी केन्द्रबीचको एकता घोषणा ऐतिहासिक हुने र मुलुकमा अब राजनीतिक स्थायित्व कायम हुने विश्वास व्यक्त गर्दै एकता विश्व कम्युनिष्ट आन्दोलनका लागि पनि प्रेरणादायी हुने बताउनुभयो । 

एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउन केही कानूनी प्रक्रिया पूरा गर्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “यसका लागि करिब तीन हप्ता सक्छ, हिजो भएको दुई पार्टीबीचको एकता घोषणालाई दुवै पार्टीका केन्द्रीय कमिटीले अनुमोदन गरेर आगामी चैतसम्ममा एकता घोषणा हुन्छ ।” एकता महाधिवेशनका लागि करिब डेढ वर्ष समय लाग्ने उहाँको भनाइ थियो । 

नेता ज्ञवालीले भन्नुभयो, “महाधिवेशन सम्पन्न नहुञ्जेलसम्म दुवै अध्यक्षहरुले संयुक्त नेतृत्व गर्नुहुन्छ, उहाँहरुले समझदारीमा नै पार्टी चलाउनुहुन्छ ।” एकीकृत पार्टीको संरचनामा स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी निर्माण गरिने नेता ज्ञवालीले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन