Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

२०८२, ९ चैत्र सोमबार
काठमाडौँ - KTM

बसको ठक्करबाट बिद्यार्थी नेताको मृत्यु भएपछी बिरोध प्रर्दशन (फोटोफिचर)

२०७४, ९ फाल्गुन बुधबार ०६:५३

फागुन ९, काठमाडौं । काठमाडौँको नेपालटार स्थित बसको ठक्करबाट नेविसंघ एनआर कलेजका सचीव चन्द्र प्रकाश मोक्तान मृत्यु भएको छ । मोक्तानको मृत्यु भएपछी नेविसंघले चालकलाई कारबाहीको माग गदै बिरोध प्रर्दशन गरेको छ ।


आज बिहान ७ बजेबाट नेविसंघका विद्यार्थीहरुले नेपालटार स्थीत एनआर कलेज आसपासमा  बिरोध प्रर्दशन गरेका छन् । एन आर क्यापसबाट निकालेको बिरोध प्रदर्शन शेषमति, बाइपास, माछापोखरी हुदै पुन: क्यापास अगाडि आई कोणसभामा परिणत भएको थियो | विरोध प्रर्दशनमा नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसी, नेविसंघका केन्द्रीय सदस्य शुसिल भट्ट, परोपकार अधिकारी, पवन थापा, निरञ्जन थापा, स्वेच्छा उप्रेती लगायतका विद्यार्थी नेताहरुले  दोषी उपर छिटोभन्दा छिटो कारबाहीको माग गरेका छन्  । 

मोटरसाइकलमा सवार मोक्तानलाई बा३ख २६१३ नम्बर को बसले ठक्कर दिंदा घटना स्थलमानै मृत्यु भएको थियो । सवारी चलाउने लाइसेन्स ज्यान मार्ने लाइसेन्स जस्तो वटुवा र अन्य सवारी साधन माथि चढाउने कार्यको आफूहरु विरोधमा उत्रने नेविसंघले जनाएको छ । आक्रोशित विद्यार्थीहरुले विद्यार्थीको ज्यान लिने चालकलाई कर्तव्य ज्यान मुद्धा लगाउनु पर्ने माग राख्दै विरोध प्रदर्शनमा उत्रीएको नेविसंघका केन्द्रीय सदस्य शुसिल भट्टले दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन