२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रियसभा सदस्य मनोनयनको निर्णय सच्याउन माग

२०७४, ९ फाल्गुन बुधबार १०:२७

फागुन ९, काठमाडौँ | नेपाली काँग्रेसका भातृ एवं शुभेच्छुक संस्थाले काँग्रेस नेतृत्वको अघिल्लो सरकारले राष्ट्रियसभा सदस्यका लागि सिफारिस गरेका व्यक्तिलाई मनोनयन नगर्नु संविधानको मर्म र भावना विपरित भएको आरोप लगाएका छन् । 

पार्टीका भातृ एवं शुभेच्छुक संस्थाका अध्यक्षहरुले आज यहाँ पत्रकार सम्मेनलन गरी आलंकारिक भूमिकामा रहनुपर्ने राष्ट्रपतिले आफ्नो भूमिकालाई बेवास्ता गर्दै सरकारपिच्छे फरकफरक व्यवहार गर्न खोजेको आरोप लगाएका हुन् । 

कार्यक्रममा नेपाल महिला संघका अध्यक्ष एवं सांसद उमा रेग्मीले राष्ट्रपतिले अघिल्लो सरकारले गरेको सिफारिसलाई बेवास्ता गरेको भन्दै तत्काल निर्णय सच्याउन माग गर्नुभयो । 

नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले संविधानबमोजिम नै राष्ट्रियसभा सदस्यमा तीन जनाको नाम सिफारिस गरेको स्पष्ट पार्दै त्यसलाई अनुमोदन नगर्नु संविधानको भावना विपरित भएको टिप्पणी गर्नुभयो । 

सरकारले हिजो मंगलबार काँग्रेस नेतृत्वको अघिल्लो सरकारले राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि गरेको सिफारिसलाई रद्द गर्दै नयाँ नाम सिफारिस गरेको थियो र सोही नाम राष्ट्रपति भण्डारीले मंगलबार नै मनोनयन गर्नुभएको छ । 

नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत र नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले राष्ट्रियसभा सदस्यमा अघिल्लो सरकारले गरेको सिफारिस कार्यान्वयन नभए सडक संघर्ष र कानूनी लडाइँ लड्ने चेतावनी दिनुभयो । 

कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, नेपाल दलित संघका कार्यबाहक अध्यक्ष शम्भुहजारा पासवान, महिला संघका महासचिव एवं सांसद धना खतिवडा, तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीलगायत उपस्थित हुनुहुन्थ्यो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन