१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सूचना, प्रविधिको विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड

९ फाल्गुन २०७४, बुधबार १२:२७

फागुन ९, काठमाडौँ | विभिन्न राजनीतिक दलका नेताले सूचना, सञ्चार तथा प्रविधिको विकासलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने आवश्यकता औल्याउनुभएको छ । 

तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा यहाँ आज आयोजित ‘नेपालमा सूचना प्रविधि प्रयोगको अवस्था र चुनौती’ विषयक अन्तक्र्रियामा उहाँहरुले प्रविधिको विकास नभएसम्म मुलुकमा अन्य विकास हुन नसक्ने भएकाले प्रविधिको विकासमा बिशेष जोड दिनुपर्ने बताउनुभयो । 

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले आर्थिक, सामाजिक, लैंगिक वा भूगोलको आधारमा गरिने सबै प्रकारका विभेदलाई प्रविधिमार्फत अन्त्य गरिनुपर्ने बताउँदै नेपालमा सूचना र प्रविधिको विकास भइरहेको सन्दर्भमा त्यसको दुरुपयोगभन्दा पनि सदुपयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

राष्ट्रियसभाका सदस्य रामनारायण बिडाँरीले सूचना र प्रविधिको विकासमा सरकारी लागनी बढाउनुपर्छ भन्नुभयो । 

प्रहरी नायब महानिरीक्षक पुस्कर कार्कीले प्रविधिको विकाससँगै आपारधिक क्रियाकलापसमेत बढ्दै गएको भन्दै त्यसको नियन्त्रणका लागि कानून निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विश्वले सूचना र प्रविधिमा फड्को मारेको अवस्थामा नेपालले पनि त्यसबाट सिक्नुपर्ने बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह