Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

महिलाहरुलाई उद्यमशिलताका कामहरुमा लाग्न सांसद आचार्यको आग्रह

२०७४, १० फाल्गुन बिहीबार ०२:४६

फागुन १०, अर्घाखाँची । अर्घाखाँची प्रदेश सभा क्षेत्र नं. १  का सांसद चेतनारायण आचार्यले महिलाहरुलाई उद्यम शिलताका कामहरुमा लाग्न आग्रह गर्नु भएको छ । 


मालारानी गाउँपलिकाले वडा नं. २ मा आयोजना गरेको सिलाइकटाइ तालिमको उद्घाटन गर्दै उहाँले पछिल्लो समयमा महिलाहरुले निकै उत्कृष्ट ढंगले  व्यवसाय सञ्चालन गरिरहेको बताउनुभयो । 

उहाँले सिलाइकटाइ तालिम गरिसकेपछि तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न पनि प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो । उहाँले अबको पाँच वर्ष भित्रमा १ नं. क्षेत्रलाई नमूना क्षेत्रको रुपमा परिचित गराउने ढंगले आफू काममा लागेको बताउनुभयो ।  

सांसद आचार्यले कृषि पशुपालन, घरेलु उद्योग र  सहकारीको माध्यमबाट जिल्लालाई समृद्ध बनाउने बताउनुभयो । 

तालिमको उद्घाटन शत्रमा मालारानी गाउँपालिकाका अध्यक्ष  बालकृष्ण आचार्य, उपाध्यक्ष प्रमिला क्षेत्री, कार्यक्रम अधिकृत नेत्र खनाल, एमाले पाँच नं. प्रदेश कमिटी सदस्य नरेन्द्र कुमार क्षेत्री, एमाले नेता जनार्दन खनाल, वडा अध्यक्ष विनोद भुसाल, एमाले जिल्ला कमिटी सदस्य लिलबहादुर विक, अनेरास्ववियुका अध्यक्ष प्रदिप नेपाली लगायतको  आतिथ्यता रहेको थियो । 


सांसद आचार्यले मालारानी गाउँपालिका वडा नं. १, २, ३, ४,  ५ र छत्रदेव गाउँपालिका वडा नं. ८ मा कार्यकर्ता र सुभेच्छुकहरुसँग भेटघाट समेत गर्नु भएको छ । विभिन्न ठाउँमा उहाँलाई  पुलमालाले भव्य स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा