१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता

१० फाल्गुन २०७४, बिहीबार ०६:३३

फागुन १०, काठमाडौँ | मन्त्रिमण्डल विस्तार र पार्टी एकता प्रक्रियाबारे नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच भेटवार्ता जारी रहेको र त्यसलगत्तै दुई दलको संगठन तथा राजनीतिसम्बन्धी कार्यदलको बैठक बस्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । 

कूल दलले कुन कुन र कति मन्त्रालय लिने भन्ने विषयमा उहाँहरुबीचको छलफलले निष्कर्ष निकालेमा सम्भवतः आजै मन्त्रिमण्डल विस्तार हुनेछ । 

यही फागुन ३ गते नयाँ सरकार गठन भएपनि हाल मन्त्रिमण्डलमा प्रधानमन्त्रीबाहेक एमालेका दुई सदस्यमात्र छन् । माओवादी केन्द्रले पार्टी एकता प्रक्रियाले मूर्तरुप लिएपछि आफू सरकारमा जाने भनेपछि यही फागुन ७ गते पार्टी एकताको सातबुँदे प्रारम्भिक आधारमा सहमति भएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह