२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रालय भागवण्डा: एमालेलाई १० माओवादीलाई ७ मन्त्रालय (सुचिसहित)

२०७४, १० फाल्गुन बिहीबार १४:१४

फागुन १०, काठमाडौ । एमाले र माओवादीबीच मन्त्रालय भागवण्डा मिलेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा मन्त्रालय भागवण्डा टुंगो लगाएको हो ।


माओवादी स्रोतका अनुसार एमालेले प्रधामनन्त्री सहित १० र माओवादी केन्द्रले ७ मन्त्रालय पाउने छन् । सरकारमा सहभागिता जनाउने संकेत गरेको संघीय समाजवादी फोरमलाई एक मन्त्रालय दिने बिषयमा छलफल भएको थियो । 

संविधान संशोधन भए सरकारमा जाने फोरम अध्यक्ष उपेन्द्र यादवले बताउदै आएका छन् । फागुन ७ मा एमाले र माओवादी केन्द्रबीच एकताको हस्ताक्षर भन्दा पहिले यादवले दुई पार्टीसंग छलफल गरेका थिए । 

मन्त्रालय भागवण्डा टुंगिएसँगै एमाले र माओवादी नेताहरु मन्त्री छनोटको गृहकार्यमा जुटेका छन् । एमालेले भोलि विहान ९ बजे स्थायी कमिटीको बैठक बालुवाटारमा बोलाएको छ । माओवादी नेताहरुको भने प्रचण्ड निवास खुमलटारमा छलफलमा जुटेका छन् ।

दुई दलबीच प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय राख्ने सहमति बुधबार नै जुटेको थियो । मन्त्रिपरिषद्को शुक्रवार बस्ने बैठकले नयाँ मन्त्रालयको नाम अनुमोदन गर्ने छ ।


एमालेको भागमा परेका मन्त्रालयहरु

अर्थ तथा योजना

परराष्ट्र

रक्षा


भौतिक पूर्वाधार तथा यातायात

संघीय मामिला तथा सामान्य प्रशासन

सूचना सञ्चार

कानुन, न्याय तथा संसदीय मामिला


पर्ययन

शिक्षा तथा खेलकुद

स्वास्थ्य तथा जनसंख्या


माओवादीको भागमा परेका मन्त्रालयहरु 

गृह

जलस्रोत तथा ऊर्जा

उद्योग, वाणिज्य तथा आपूर्ति


शहरी विकास, आवास खानेपानी तथा सरसफाइ

वन तथा वातावरण

कृषि, सहकारी तथा भूमि व्यवस्थापन

श्रम तथा रोजगार तथा महिला बालवालिका

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन