१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रालय भागवण्डा: एमालेलाई १० माओवादीलाई ७ मन्त्रालय (सुचिसहित)

१० फाल्गुन २०७४, बिहीबार १४:१४

फागुन १०, काठमाडौ । एमाले र माओवादीबीच मन्त्रालय भागवण्डा मिलेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा मन्त्रालय भागवण्डा टुंगो लगाएको हो ।


माओवादी स्रोतका अनुसार एमालेले प्रधामनन्त्री सहित १० र माओवादी केन्द्रले ७ मन्त्रालय पाउने छन् । सरकारमा सहभागिता जनाउने संकेत गरेको संघीय समाजवादी फोरमलाई एक मन्त्रालय दिने बिषयमा छलफल भएको थियो । 

संविधान संशोधन भए सरकारमा जाने फोरम अध्यक्ष उपेन्द्र यादवले बताउदै आएका छन् । फागुन ७ मा एमाले र माओवादी केन्द्रबीच एकताको हस्ताक्षर भन्दा पहिले यादवले दुई पार्टीसंग छलफल गरेका थिए । 

मन्त्रालय भागवण्डा टुंगिएसँगै एमाले र माओवादी नेताहरु मन्त्री छनोटको गृहकार्यमा जुटेका छन् । एमालेले भोलि विहान ९ बजे स्थायी कमिटीको बैठक बालुवाटारमा बोलाएको छ । माओवादी नेताहरुको भने प्रचण्ड निवास खुमलटारमा छलफलमा जुटेका छन् ।

दुई दलबीच प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय राख्ने सहमति बुधबार नै जुटेको थियो । मन्त्रिपरिषद्को शुक्रवार बस्ने बैठकले नयाँ मन्त्रालयको नाम अनुमोदन गर्ने छ ।


एमालेको भागमा परेका मन्त्रालयहरु

अर्थ तथा योजना

परराष्ट्र

रक्षा


भौतिक पूर्वाधार तथा यातायात

संघीय मामिला तथा सामान्य प्रशासन

सूचना सञ्चार

कानुन, न्याय तथा संसदीय मामिला


पर्ययन

शिक्षा तथा खेलकुद

स्वास्थ्य तथा जनसंख्या


माओवादीको भागमा परेका मन्त्रालयहरु 

गृह

जलस्रोत तथा ऊर्जा

उद्योग, वाणिज्य तथा आपूर्ति


शहरी विकास, आवास खानेपानी तथा सरसफाइ

वन तथा वातावरण

कृषि, सहकारी तथा भूमि व्यवस्थापन

श्रम तथा रोजगार तथा महिला बालवालिका

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह