२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुख्यमन्त्री शाही र प्रदेश नं. ७ का मुख्यमन्त्रीका दुतबीच भेटवार्ता

२०७४, १० फाल्गुन बिहीबार १६:००

फागुन १०, सुर्खेत | कर्णाली नदी वारीपारी रहेका प्रदेश ६ र ७ ले सहकार्यका लागि छलफल थालेका छन् ।प्रदेश ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराले सुर्खेत आएर प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेटेका हुन् । बोहोरा प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टको दूतका रुपमा सुर्खेत आएका थिए ।

भट्टले दुई प्रदेशबीच समन्वय गर्ने र अन्तरप्रादेशिक सम्बन्ध विस्तार गर्ने सन्देशसहित दूत पठाएका हुन् ।भेटमा दुई प्रदेशको समृद्धि, प्रदेश सरकारले निमार्ण गर्ने ऐन, नियम र कानून र करको दायरामा एकरुपता ल्याउने विषयमा सकारात्मक छलफल भएको छ ।दुई प्रदेशको रितिरिवाज, भुगोल, संस्कृति र रहनसहन मिल्ने भएकाले एक अर्काको परिपुरकका रुपमा साझा धारणा बनाएर काम गर्नुपर्नेमा दुबैको जोड थियो ।

कर्णाली नदीको वारीपारी रहेका दुई छिमेकी प्रदेशमा करको दायरमा फरक पर्दा जनतामा विवाद हुने भएकोले त्यसलाई एकरुपमा ल्याउने विषयमा कुराकानी भएको प्रदेश ७ का आर्थिक मामिला तथा योजना मन्त्री बोहोराले जानकारी दिए ।‘दुई छिमेकी प्रदेश उस्तैउस्तै छन्, सम्भावना र चुनौती पनि उस्तै हो,’ मन्त्री बोहोराले भने, ‘कर्णाली नदी दुबै प्रदेशमा छ, प्रदेशस्तरबाटै विद्युत निकाल्न सम्भव छैन्, यस्ता विषयमा साझा धारणा बनाएर केन्द्र सरकारसँग पहल गर्ने विषयमा छलफल भयो ।’

भेटमा मुख्यमन्त्री शाहीले प्रदेश ६ मा पहाडी जिल्लामात्रै रहेको र भारतसँग जोड्ने अन्तराष्ट्रिय सीमा नाका नभएकाले दुई प्रदेशवीच समन्वय गरेर अघि बढ्नुपर्ने धारणा राखेका छन् । दक्षिणमा अन्तराष्ट्रिय सीमान नभएकोले उत्तरी नाका खोलेर व्यापार सम्झौता गर्ने योजना बनाइएको मुख्यमन्त्री शाहीले बताएका छन् ।आगामी सरकारको लोगसेवा कार्य्बिधि, आगामी बजेट, भौतिक पूर्वाधार नीति निमार्णमा एक रुपता ल्याउने विषयमा समेत मुख्यमन्त्री शाही र मन्त्री बोहोरावीच छलफल भएको थियो । आगामी दिनमा समृद्धिका लागि नीति तथा कार्यक्रमहरु दुई प्रदेशको समन्वयमा तयार गर्नुपर्ने मन्त्री बोहोराले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन