२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेस संसदीय दलको विधान परिमार्जनपछि मात्र नेतृत्व चयन: सिंह

२०७४, ११ फाल्गुन शुक्रबार ०६:३७

फागुन ११, सिन्धुली | नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले नेपाली काँग्रेस पार्टी संसदीय दलको विधान परिमार्जन भएपछि मात्र नेतृत्व चयन हुने बताउनुभएको छ । 

नेपाल प्रेस युनियन सिन्धुलीले काँग्रेस पार्टी कार्यालयमा आज गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो — ‘भोलि हुने संसदीय दलको बैठकबाट विधान परिमार्जन गर्ने र त्यसपछि मात्र संसदीय दलको नेतृत्व चयन हुन्छ ।’ 

केन्द्रीय सदस्य सिंहले अहिलेसम्म संसदीय दलको नेतामा कसैले दाबी नगरेको अवस्थामा आफू संसदीय दलको नेता हुन योग्य भएको बताउँदै “पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक नियमित गर्न नसकेका कारण अब संसदीय दलको नेतामा उहाँ हुन सक्नुहुन्न,” भन्नुभयो । 

पार्टी सभापति देउवाले संसदीय दलको नेतामा दाबी गरेमा आफू प्रतिस्पर्धामा उत्रिएर संसदीय दलको नेता हुने दाबी गर्दै उहाँले भन्नुभयो — परम्परागत रुपमा नै संसदीय दलको नेता बनाए यो सिङ्गो पार्टीको हितमा हुदैन ।” 

पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफ उहाँले काँग्रेस महामन्त्री कोइरालाले सर्वसहमतिबाट भए मात्र संसदीय दलको नेता बन्न इच्छा व्यक्त गर्नुभएको अवस्थामा सर्वसहमति हुन नसक्ने देखिएको बताउनुभयो । 

नेता सिंहले सर्वसहमतिको वातावरण आएमा आफू त्यसमा सहमत हुने र सर्वसहमत नभएमा संसदीय दलको नेता परिवर्तन गर्नु पर्ने धारणा व्यक्त गर्नुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा