१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो छ: प्रधानमन्त्री ओली

११ फाल्गुन २०७४, शुक्रबार ११:२५

फागुन ११, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो रहेको बताउनुभएको छ । 

उच्च माध्यामिक विद्यालय संघ नेपाल (हिसान)ले आयोजना गरेको ‘नेपालको संघीय संरचनामा गुणस्तरीय शिक्षा’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो— “शिक्षा क्षेत्रमा नीतिगत सुधार गरेर गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता छ ।” 

प्रधानमन्त्री ओलीले सरकार अब आर्थिक समृद्धिको बाटोमा लाग्ने बताउँदै विश्वका अन्य मुलुकजस्तै नेपालले पनि आर्थिक क्षेत्रमा फड्को मार्नुपर्छ भन्नुभयो । 

“विश्वका अन्य देशजस्तै नेपालले पनि चाँडै नै आर्थिक विकासमा प्रगति गर्नेछ”, उहाँले भन्नुभयो, “त्यसैले सरकारको ध्यान अब आर्थिक समृद्धितिर हुन्छ ।” 

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको दिगो विकासका लक्ष्यलाई आत्मसात् गर्दै मुलुकलाई चाँडै नै विकासको गतिमा लैजाने पनि बताउनुभयो । 

हिसानका अध्यक्ष रमेश सिलवालले निजी क्षेत्रले शिक्षामा पु¥याएको योगदानको चर्चा गर्दै सरकारसँग मिलेर निजी क्षेत्रले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि काम गर्ने चाहना भएको बताउनुभयो । 

उहाँले अहिले केन्द्रबाट मात्र सञ्चालित शिक्षा नीतिलाई परिवर्तन गरी प्रदेश र स्थानीय तहमा छुट्टै शिक्षा नीतिको आवश्यकता भएको औँल्याउनुभयो । 

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेपालसहित १६ देशका ३५० जनाको सहभागिता छ । सम्मेलनमा भारत, चीन, क्यानडा, अमेरिका, अष्ट्रेलियालगायत १५ देशका विश्वविद्यालयका प्राध्यापकले आ—आफ्नो देशका संघीय संरचनाका शिक्षा नीतिका बारेमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको हिसानका महासचिव लोकबहादुर भण्डारीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह