२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेकपाका नेता भन्छन- ‘हाम्रो क्रान्ति रोकिएको छैन’

२०७४, १२ फाल्गुन शनिबार ०२:२५

कविता उपाध्याय/फागुन १२, रोल्पा । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का जिल्ला इन्चार्ज जयप्रकाश रोका प्रतापले आफूहरु बैचारिक लडाइको मोर्चामा रहदा सम्म क्रान्ति नरोकिने बताउनु भएको छ । 


नेपाल कम्यूनिष्ट पार्टी रोल्पाको आयोजनामा विहिबार रोल्पाको लिबाङमा सम्पन्न ‘कथित बाम सरकार, लोकतन्त्र र बैज्ञानिक समाजबाद’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले भन्नुभयो “हामी हिजोको जस्तो चौकी हान्ने, जंगल पस्ने क्रान्ति गर्दैनौं । हिजोको क्रान्तिले काटमार र हत्याहिंसा बुझायो आजको हाम्रो क्रान्ति भनेको आमूल परिवर्तनका लागि शान्तिपूर्ण हुनेछ । तर आजफेरि रगत नै बग्दैन भन्ने चाहि होइन क्रान्तिमा बलिदानी हुन्छ अलिअलि रगत बग्न सक्छ । आजको क्रान्तिका मुख्य हतियार भनेका जनता हुन् । मानसिक रुपले जनता सुसज्जित नहुँदा सम्म हामी क्रियाशिल रहीरहनेछौं” ।


सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने झूठा नाराको आडमा बाम सरकारले सत्ता कब्जा गरेको उहाँको आरोप छ । लोकतन्त्रमा नेता गरिव हुन्छ, जनताको समृद्धि हुदै जान्छ तर नेपालमा यस्को विपरित नेताको समृद्धि हुँदै गएको छ भने जनता झनझन गरीव हुँदैछन् । जनताका अधिकारहरु कुण्ठित गरिदैछन् के यही हो लोकतन्त्र ? उहाँले सत्ताधारी तर्फ इंगित गर्दै प्रश्न गर्नुभयो । 

यसरी राष्ट्रियताको स्वाधिनतामा संकट आयोभने देश उथलपुथल हुन सक्ने भन्दै उहाँले चिन्ता समेत प्रकट गर्नभएको छ । 

यस्तै कार्यक्रममा बोल्दै नेकपाका जिल्ला सेक्रेटरी सन्तोष सुवेदी प्रयासले नेपाली जनताले जनयुद्ध पार गरेर आएको भएपनि क्रान्ति अधुरो रहेको हुँदा आफूहरुले यस्को नेतृत्व गरिरहेको बताउनु भयो । 


नेपालमा अझैपनि जातीय, क्षेत्रिय उत्पीडन रहिरहेको हुँदा आफूहरु क्रान्तिमा होमिनु परेको बताउदै उहाँले भन्नुभयो हिजो हामी घस्रिन्थ्यौं, आज हिड्दैछौं । भोलि दौडिन्छौं र पर्सी उडान भर्छाै ।  

“दशवर्षे सशस्त्र युद्धका बेला लाशको चाङमा टेकेर नेता भएका रक्त पिपासु जुकाहरु सिंहदरबारमा छिरेर जनतालाई दमन गरिरहेका छन्” उहाँले प्रचण्ड तर्फ इंगित गर्दै भन्नुभयो । 

२०५२ सालभन्दा अगाडि एमालेसंग मिलेर गएको भए १७ हजार जनताको रगतको खोला नबगाएर आजको जति सुविधा त्यसैबेला प्राप्तहुने उहाँको भनाइ छ । 

कार्यक्रममा नेकपाका कार्यकर्ताहरु, जिल्लामा क्रियाशिल पत्रकारहरु, राजनीतिक दल, नागरिक समाज लगायत सरोकारवालाहरुको सक्रिय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन