१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इतिहासका महत्वपूर्ण मोडमा ठूला घटना हुने गरेका छन, सचेत रहनुहोस: प्रचण्ड

१२ फाल्गुन २०७४, शनिबार ०७:५७

फागुन १२, चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सोमबार ३ बजे सबै मन्त्रीको शपथ ग्रहण हुने गरी भोलि मन्त्रीको टुंगो लगाइने बताउनुभएको छ । 

प्रेस सेन्टर र प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनु भएको हो । 

मन्त्रीका विषयमा पार्टीमा कुनै विवाद नरहेको भन्दै उहाँले मिडियालाई गम्भीर भएर आधिकारिकता बुझेर मात्रै लेख्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–“हिजोनै झण्डै टुंगिएको थियो दुबै पार्टीसँगै बसेर मिलान गर्नुपर्ने भएकाले मात्रै केही कुरा बाँकी रहेका छन् ।” पुराना र नयाँ मिलाएर मन्त्रीमा पठाइने पनि उहाँले बताउनुभयो । 

चितवनबाट पनि केन्द्रीय सरकारमा प्रतिनिधित्व हुने सम्भावना रहेको दाहालले बताउनुभयो । सो अवसरमा फरक प्रशंगमा बोल्दै उहाँले इतिहासका यस्ता महत्वपूर्ण मोडमा ठूला घटना हुने गरेको भन्दै सचेत रहनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “अहिले जसरी कम्युनिष्टको एकता बनेको छ । एउटा दुई तिहाई नजिकको सरकार बन्दै छ, प्रतिक्रियावादी शक्तिले नेपालको इतिहासमा खास खास बेलामा यस्ता घटना घटाउने पनि गरेका छन् । त्यसलाई हेक्का राख्नुपर्छ ।” 

दाहालले थप्नुभयो “यो हेक्का राख्नुपर्ने कुरा छ । अहिलेनै कही कतै भइहाल्छ भन्नु भन्दा पनि इतिहासका यस्ता मोडमा यसखाले घटना हुने गरेका छन् ।” प्रत्यक्ष कसैलाई ताकेर खतरा होइन तर सचेत नेपाली सबैले हेक्का राख्नुपर्ने र सचेत हुनुपर्ने पनि उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह