2026-08-31 04:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इतिहासका महत्वपूर्ण मोडमा ठूला घटना हुने गरेका छन, सचेत रहनुहोस: प्रचण्ड

फागुन १२, चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सोमबार ३ बजे सबै मन्त्रीको शपथ ग्रहण हुने गरी भोलि मन्त्रीको टुंगो लगाइने बताउनुभएको छ । 

प्रेस सेन्टर र प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनु भएको हो । 

मन्त्रीका विषयमा पार्टीमा कुनै विवाद नरहेको भन्दै उहाँले मिडियालाई गम्भीर भएर आधिकारिकता बुझेर मात्रै लेख्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–“हिजोनै झण्डै टुंगिएको थियो दुबै पार्टीसँगै बसेर मिलान गर्नुपर्ने भएकाले मात्रै केही कुरा बाँकी रहेका छन् ।” पुराना र नयाँ मिलाएर मन्त्रीमा पठाइने पनि उहाँले बताउनुभयो । 

चितवनबाट पनि केन्द्रीय सरकारमा प्रतिनिधित्व हुने सम्भावना रहेको दाहालले बताउनुभयो । सो अवसरमा फरक प्रशंगमा बोल्दै उहाँले इतिहासका यस्ता महत्वपूर्ण मोडमा ठूला घटना हुने गरेको भन्दै सचेत रहनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “अहिले जसरी कम्युनिष्टको एकता बनेको छ । एउटा दुई तिहाई नजिकको सरकार बन्दै छ, प्रतिक्रियावादी शक्तिले नेपालको इतिहासमा खास खास बेलामा यस्ता घटना घटाउने पनि गरेका छन् । त्यसलाई हेक्का राख्नुपर्छ ।” 

दाहालले थप्नुभयो “यो हेक्का राख्नुपर्ने कुरा छ । अहिलेनै कही कतै भइहाल्छ भन्नु भन्दा पनि इतिहासका यस्ता मोडमा यसखाले घटना हुने गरेका छन् ।” प्रत्यक्ष कसैलाई ताकेर खतरा होइन तर सचेत नेपाली सबैले हेक्का राख्नुपर्ने र सचेत हुनुपर्ने पनि उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै