२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ४ लाई चार ‘स’को प्रदेश बनाउँछौं: मुख्यमन्त्री गुरुङ

२०७४, १२ फाल्गुन शनिबार ०९:३३

फागुन १२, म्याग्दी । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ४ नं प्रदेशलाई सुन्दर,शान्त,समृद्ध र सभ्य अर्थात् ४ ‘स’ को प्रदेश बनाउने बताउनुभएको छ । 

आज म्याग्दीको सदरमुकाम बेनीबजारमा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ ‘वि वान’ बैठकको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । 


देशभरका करिब दुई हजार लायन्सको सहभागिता रहेको सो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले नेपाली राजनीतिमा सहजरुपमा सत्ता हस्तान्तरण गर्ने संस्कृति र संस्कार नभएको र गुटबन्दी भइरहेको बताउँदै लायन्स क्लबबाट राजनीतिकदलले धेरै कुरा सिक्नुपर्छ भन्नुभयो । 

उहाँले प्रदेश नेपालकै उत्कृष्ट प्रदेश हुनसक्ने प्रशस्त आधार रहेकाले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने खालका योजना ल्याइने बताउनुभयो । 

प्रदेश नं ४ मा शुरु भएका योजना समयमा नै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री गुरुङले लगानीमैत्री वातावरणको अभावमा कैर्यौं पर्यटन र विकासका योजना अल्झिएकाले लगानीमैत्री वातावरण बनाउन पहल गरिने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा