१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ४ लाई चार ‘स’को प्रदेश बनाउँछौं: मुख्यमन्त्री गुरुङ

१२ फाल्गुन २०७४, शनिबार ०९:३३

फागुन १२, म्याग्दी । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ४ नं प्रदेशलाई सुन्दर,शान्त,समृद्ध र सभ्य अर्थात् ४ ‘स’ को प्रदेश बनाउने बताउनुभएको छ । 

आज म्याग्दीको सदरमुकाम बेनीबजारमा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ ‘वि वान’ बैठकको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । 


देशभरका करिब दुई हजार लायन्सको सहभागिता रहेको सो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले नेपाली राजनीतिमा सहजरुपमा सत्ता हस्तान्तरण गर्ने संस्कृति र संस्कार नभएको र गुटबन्दी भइरहेको बताउँदै लायन्स क्लबबाट राजनीतिकदलले धेरै कुरा सिक्नुपर्छ भन्नुभयो । 

उहाँले प्रदेश नेपालकै उत्कृष्ट प्रदेश हुनसक्ने प्रशस्त आधार रहेकाले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने खालका योजना ल्याइने बताउनुभयो । 

प्रदेश नं ४ मा शुरु भएका योजना समयमा नै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री गुरुङले लगानीमैत्री वातावरणको अभावमा कैर्यौं पर्यटन र विकासका योजना अल्झिएकाले लगानीमैत्री वातावरण बनाउन पहल गरिने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह