१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेसले संघीय संसदीय दलको विधान परिमार्जन गर्दै

१२ फाल्गुन २०७४, शनिबार १२:०६

फागुन १२, काठमाडौँ । नेपाली काँग्रेसले संघीय संसदीय दलको विधानलाई अन्तिम रुप दिन छलफल शुरु गरेको छ । 

काँग्रेस संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले प्रस्तावित संसदीय दलको विधानलाई परिमार्जनसहित पारित गर्न नेता तथा सांसदहरुसँग परामर्श गरेको हो । 


बैठकमा नेता मीनेन्द्र रिजालले दलको विधानको संशोधन प्रस्ताव पेश गर्नुभएको थियो । उक्त मस्यौदा माथिको छलफलमा नेताहरुको धारणा राख्ने क्रम जारी छ । आजै पुनः बस्ने बैठकले सो प्रस्ताव पारित गर्नेछ । 

संसदीय दलको नयाँ संरचना अनुसार पुरानो विधानलाई संशोधन गरी नयाँ विधान ल्याउने सन्दर्भमा छलफल जारी रहेको काँग्रेस नेता भीमसेनदास प्रधानले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । 

“अहिले राष्ट्रियसभा र प्रतिनिधिसभा दुबैलाई मिलाएर संघीय संसद् बनेको छ, त्यस अनुरुपको नयाँ विधान बनेपछि मात्रै संसदीय दलको निर्वाचन गर्नुपर्ने भएकाले आइतबार बस्ने केन्द्रीय समितिले अनुमोदन गर्ने गरी संसदीय दलको बैठकले आजै विधानलाई टुंगो लगाउनेछ,”–उहाँले भन्नुभयो । 

नेता प्रधानकाअनुसार संविधानको अक्षरस भावनाअनुसार विधानलाई कसरी परिमार्जन गर्ने, नयाँ परिस्थितिमा उपनेताको चयन र महिलाको प्रतिनिधित्वको विषयलाई कसरी सम्बोधन गर्ने भन्नेबारे नयाँ विधानले स्पष्ट पार्नेछ । काँग्रेसले संसदीय दलका नेता चयनका लागि भरसक सर्वसम्मत् प्रयास गर्ने र त्यो नभए निर्वाचनमा जाने बताएको छ । 

काँग्रेसका अर्का नेता बालकृष्ण खाँडका अनुसार संसदीय दलको व्यवस्थापनका लागि संघीय संसद्को विधान परिस्कृत गर्नुपर्ने भएकाले त्यसबारे प्रस्तुत मस्यौदामाथि नेताहरुले छलफल र सुझाव दिने क्रम जारी रहेकाले केहिबेरपछि बस्ने बैठकले विधानलाई पारित गर्नेछ । 

सांसदहरुले पार्टीलाई सशक्तरुपमा अघि बढाउन सहमतिको आधारमा संसदीय दलको नेताको चयन हुनुपर्ने र सहमति हुन नसकेको खण्डमा पनि अत्यन्तै स्वस्थ्य प्रतिस्पर्धाबाट नेताको चयन होस् भन्ने परामर्श दिएको नेता खाँडले बताउनुभयो । 

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा भएको संसदीय दलको बैठकको सुरुमा निर्वाचित भएर आएका सबै प्रतिनिधिसभा र राष्ट्रियसभाका प्रतिनिधि तथा समस्त मतदातालाई सभापति देउवाले बधाई ज्ञापन गर्नुभएको थियो । 

वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको पछिल्लो परिस्थितिमा खास गरी राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सम्बद्र्धन तथा संविधानको रक्षाका लागि बहुलवादमा आधारित प्रतिस्पर्धात्मक लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गर्न पार्टीको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । 

बैठकमा बोल्ने अधिकांश नेताले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थालाई अगाडि बढाउने क्रममा दुवै सदनमा काँग्रेसले सशक्त भूमिका निर्वाह गर्ने दृढता व्यक्त गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह