१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सुखी नेपाली, समृद्ध नेपाल निर्माणको सपना साकार’ : खनाल (भिडियो सहित)

१२ फाल्गुन २०७४, शनिबार १४:४०

प्रज्वल पौडेल । फाल्गुन १२, काठमाण्डौ | नेकपा एमाले बरिष्ठ नेता झलनाथ खनालले 'सुखी नेपाली समृद्ध नेपाल निर्माणको सपना साकार' हुने बताउनुभएको छ । उहाँले यस पटकको निर्वाचनमा एमाले पहिलो भएको र वामगठबन्धनको बहुमत रहेकाले देशमा लोकतान्त्रिक विकास र समृद्धि कम्युनिष्टको एजेण्डा कार्यान्यन गर्दै देशमा अव आउने परिवर्तनको नेतृत्व गर्ने धारणा राख्‍नुभयो । नेकपा एमाले रामेछाप काठमाण्डौ सम्पर्क मञ्‍चले राजधानीमा गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।


उहाँले निर्वाचनमा वामगठबन्धनले ऐतिहासिक सफलता हासिल गरेको धारणा राख्‍नुभयो । उहाँले भन्‍नुभयो – 'अहिलेको सफलताले नेपाल कम्युनिष्ट आन्दोलन, लोकतान्त्रीक आन्दोलन, सम्पूर्ण नेपाली जनताको र नेपाल राष्ट्रको सफलता भएको छ ।'


नेता खनालले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता अब धर्तीको कुनै पनि शक्तिले रोक्‍न नसक्‍ने बताउनुभयो । विभिन्न कालखण्डमा दुइ पार्टीबीच उतारचढाव आएपनि संसदको निर्वाचनको संघारमा दुइपार्टीबीच कार्यगत एकता सँगै अहिले पार्टी एकताको प्रक्रियाको अन्तिम चरणमा पुगेको बताउनुभयो । समाज र राष्ट्रमा आएको परिवर्तनले दुइ पार्टीलाइ एक स्थानमा ल्याएको दाबी गर्दै उहाँले एक अर्काको मत भिन्नतालाइ कम गर्दै विभिन्न घडीमा सरकारमा सँगै रहँदा आत्मियता बढेकाले एकता सम्भव भएको धारणा राख्‍नुभयो । 

सम्पर्क मञ्‍चका अध्यक्ष बद्री भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेता खनाललाइ सम्मान समेत गरिएको छ । भने नेता खनाल मार्फत रामेछापका ४ जना सांसदलाइ सम्पर्क मञ्‍चले सम्मान समेत गरेको छ । सांसदहरुले रामेछापको विकास निर्माणमा एकताबद्ध भएर जनताले परिवर्तनको महसूस गर्ने गरी काम गर्ने बताएका छन् ।

भिडियो


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह