१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘इपिजीको प्रतिवेदन दुवै मुलुकका लागि सकारात्मक हुने’

१३ फाल्गुन २०७४, आईतवार ११:४१

फागुन १३, काठमाडौँ | नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी)कोे प्रतिवेदन दुवै देशका लागि सकारात्मक हुने बताइएको छ

। 

समूहको सातौँ बैठकपछि आज आयोजित पत्रकार सम्मेलनमा उक्त समूहका नेपाल संयोजक डा भेषबहादुर थापा र भारतीय पक्षका संयोजक भगतसिंह कोशियारीले दुई देशको सम्बन्धलाई अझ उचाइमा पुर्याउने गरी प्रतिवेदन ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

दुई देशको सम्बन्धलाई अझ प्रगाढ बनाउने र समयसापेक्ष आधार खडा गर्ने उद्देश्यमा कुनै उतारचढाव आएको छैन भन्दै डा थापाले भन्नुभयो, “अहिलेसम्म १९५०को सन्धिदेखि लिएर सीमासम्मका विषयमा आफ्ना अवधारणा प्रस्तुत गरिएको छ, यसलाई सकारात्मकबाहेक अरु केही भन्न सकिँदैन ।” केही महिनाभित्र सकारात्मक प्रतिवेदन दिइने विश्वास दिलाउँदै उहाँले आफूहरुले सकारात्मक वार्ताका माध्यमबाट दुई देशको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लिइएको बताउनुभयो । 


भारतीय पक्षका संयोजक कोशियारीले इपिजीको प्रतिवेदनबाट कोही पनि निराश नहुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “म भारतीय सरकारको पक्षबाट यो प्रतिबद्धता व्यक्त गर्छु कि प्रतिवेदनबाट दुई पक्ष खुशी हुनेछन्, कोही पनि निराश हुनुपर्ने छैन ।” 

विसं १९५० को सन्धि, व्यापार, वातावरण, जलविद्युत्लगायत विभिन्न विषयमा आधारित भएर बैठकमा छलफल भएको बताउँदै संयोजक कोशियारीले विकास, सहयोग र एक अर्का देशका चासोलाई विशेष ध्यान दिएर विचारविमर्श भएको स्पष्ट पार्नुभयो । भारत–नेपालका सम्बन्धमा कहिलेकाहीँ गलत बुझाइ हुने गरेको उल्लेख गर्दै उहाँले वार्तामार्फत दुई देशबीच भएका सन्धिसम्झौतालाई छलफल गरेर प्रष्टता ल्याउन लागिएको बताउनुभयो । 

द्विपक्षीय सम्बन्धका साथै नेपाल र भारतबीच सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धि र अन्य सन्धिसम्झौताको नवीकरण, तिनको परिमार्जन र सुधारका निम्ति सुझाव दिन प्रबुद्ध व्यक्ति समूह गठन गर्न दुवै मुलुकका प्रधानमन्त्रीबीच सहमति भएअनुसार समूह गठन भएको थियो । सन् २०१६ जुलाईमा पहिलो बैठक बसेको इपिजीको कार्यकाल आगामी चार महिनामा समाप्त हुँदैछ । अर्को बैठक नयाँ दिल्लीमा बस्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह