१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीले मुख्यमन्त्रीको राजिनामा मागे, प्रदेश ३ को राजधानी ‘हेटौडा’ नरहने !

१४ फाल्गुन २०७४, सोमबार ००:५६

फागुन १४, मकवानपुर | प्रदेश राजधानी छनोटको समय नजिकिएसँगै प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेल चेपुवामा पर्नुभएको छ ।


प्रदेश राजधानीको दावी नगर्ने आन्तरीक सहमतीबाट मुख्यमन्त्री बन्नु भएका पौडेललाई पछिल्लो समय मकवानपुरमा राजधानी टिकाउन कठिन छ । मकवापनुरमा पदसँग राजधानी साटेको भन्दै सवत्र विरोध हुन थालेपछि पौडेल समस्यामा पर्नुभएको हो ।


प्रदेश राजधानिकै विषयमा कुराकानी गर्न केहि दिन अघि पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुभएको थियो । सभामुखको दौडमा रहेका पौडेलले पदसँग राजधानी साटेको भन्दै विरोध भएपछि पौडेलले मकवानपुरमा एमालेको राजिनिती जोगाउन भएपनि प्रदेश राजधानी दिन आग्रह गरेका थिए ।


ओलीसँगको भेटमा ओलीले प्रदेश राजधानी आवस्यक भए मुख्यमन्त्रीबाट राजिनामा दिन भनेको श्रोतले बताएको छ । ओलीसँगको छलफलपछी प्रदेश राजधानी सार्ने निचोड निकालिएको थियो । ओलीले हेटौडामै राजधानी चाहिने भए राजिनामा दिन भनेपछि पौडेलले प्रदेश ३ को राजधानिको लागि उपयुक्त स्थान छनोट गर्न भौतिक योजना तथा पूर्वाधार मन्त्री केशव स्थापितलाई आन्तरिक गृहकार्य गर्न भनेको बुझिएको छ । स्थापितले प्रदेशको केन्द्र पर्नेगरी बनेपा राजधानी सार्ने तयारी गरिएको बताइएको छ ।


अहिले सार्वजनिक गर्दा समस्या उत्पन्न हुने निस्चित भएपछि तत्काल राजधानी सार्वजनिक नगरी ४ महिनाभित्र राजधानी सार्ने तयारी छ । प्रदेशको नामाकरण पनि राजधानी सरेपछि मात्र गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह