२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् एमाले र माओवादीबाट मन्त्री ?

२०७४, १४ फाल्गुन सोमबार ०१:२४

फागुन १४, काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । ओलीले यस अघिको सहमति अनुसार एमालेका  थप ७  र माओवादीका ७ मन्त्रीसहितको मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् । यसअघिनै ओलीले एमालेबाट लालबाबु पण्डित र थममाया थापा मन्त्री बनाइसकेका छन् ।

मन्त्रीमण्डल विस्तारका लागि आइतबारनै दुई दलले मन्त्रालयको भागबन्डा र मन्त्रीको नाम टुंग्याईसकेका छन् । सहमति अनुसार माओवादीले गृह, जलस्रोत तथा उर्जा, श्रम, रोजगार, महिला तथा सामाजिक सुरक्षा, कृषि तथा सहकारी, उद्योग वाणिज्य र आपूर्ति, सहरी विकास र वन तथा वातावरण मन्त्रालय पाएको छ । ओली सरकारको नेतृत्वमा माओवादीको ततर्फबाट माओवादीका रामबहादुर थापा ‘बादल’ले  नेतृत्व गर्नेछन  । माओवादीको मन्त्री हुनेहरुमा थापासहित वर्षमान पुन, शक्तिबहादुर बस्नेत, मातृका यादव, गिरिराजमणि पोखरेल र बीना मगर मन्त्री बन्दैछन् । थप एक जनाको नाम भने आज बिहान टुंगो लाग्ने बताइएको छ ।

त्यस्तै अर्थ,  परराष्ट्र, रक्षा, भौतिक पूर्वाधारलगायत बाँकी सात मन्त्रालयमा एमालेले आजै मन्त्री छान्नेछ । एमालेबाट ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई र रवीन्द्र अधिकारी आज मन्त्री बन्ने पक्का-पक्कि लिस्टमा छन् । त्यस्तै रघुवीर महासेठ,  हृदयश त्रिपाठी र नारदमुनि रानाको नाम पनि मन्त्रीका लागि पक्कापक्कि लिस्टमा छ । 

आज दिउँसो ३ बजे  राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्रीहरुको सपथग्रहण हुनेछ । तर मन्त्रालयको बिषयमा गृहबाहेक अन्य महत्वपूर्ण मन्त्रालय एमालेले लिएको भन्दै माओवादीमा असन्तुष्टि रहेकाले कुन मन्त्रालय कुन पार्टीलाई भन्ने कुरामा भने हेरफेर बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन