१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानमारका प्रतिनिधिमण्डलसित अन्तरक्रिया

१४ फाल्गुन २०७४, सोमबार ०८:१०

फागुन १४, काठमाडौँ | स्थानीय सुशासन र जवाफदेहीताका विभिन्न अभ्यास र सिकाइहरूका बारेमा म्यान्मारले अभिरुची देखाएको छ । 

नेपाल भ्रमणमा रहेको म्यान्मारका मन्त्री, सांसद एवं तानिन्थारीका स्थानीय सरकारका अधिकारी, नगर, गाउँ र वडाका प्रतिनिधिहरूले आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा नेपालले हासिल गरेको अनुभव म्यान्मारका लागि निकै उपयोगी रहने धारणा राखेको थियो । प्रतिनिधिमण्डलमा १३ जना उच्च अधिकारीहरुको सहभागिता रहेको छ । 

नेपाल सहभागिता समूह(नेपान)ले आयोजना गरेको सो अन्तरक्रियामा पूर्व सभासद कृष्णप्रसाद सापकोटा र सुशासन विज्ञ गोविन्द न्यौपानेले क्रमशः स्थानीय शासन र सामाजिक जवाफदेहिता विषयमा प्रकाश पार्नुभएको थियो । 

छलफलमा उठेको प्रश्नहरूको नेपानका संस्थापक सदस्य सञ्जय राणा र निवर्तमान अध्यक्ष उत्तम उप्रतीले स्पष्ट पार्नुभएको थियो । 

सो अवसरमा सामाजजिक जवाफदेहिताको विषयमा नेपानले गरेको परियोजनाका बारेमा परियोजना अधिकृत दिवेश सायमीले जानकारी गराउनु भएको थियो । 

नेपानका अध्यक्ष चेतनाथ कणेल र कार्यकारी निर्देशक फटिक थापाले आगामी दिनमा नेपान र म्यानमारबीच सहकार्य गरिने बताउनुभयो । 

म्यानमारका मन्त्री उ फ्यो विन तुनले भगवान बुद्धको फ्रेमसहितको तस्बिर नेपानलाई उपहार दिँदै नेपाल धार्मिक हिसाबले पनि म्यान्मारका जनताका लागि पूण्य भूमि रहेको उल्लेख गर्नुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह