Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

१२ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

शिक्षामा महिलालाई सवल गराएमात्र समाजको समृद्धि हुने: मन्त्री थापा

१४ फाल्गुन २०७४, सोमबार ०९:३४

फागुन १४, काठमाडौँ | महिला बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापामगरले महिलालाई शिक्षामा सबल गराएमात्र समाजले समृद्धि हासिल गर्ने बताउनुभएको छ । 


आज यहाँ डिल्लीबजार कन्या क्याम्पसको ३८औँ वार्षिकोत्सका अवसरमा उहाँले भन्नुभयो, “जबसम्म महिला शिक्षामा सबल हुँदैनन्, तबसम्म सिङ्गो समाज पनि सबल हुँदैन । शिक्षामार्फत महिलालाई सवल गराई समाजको समृद्धि गर्नुपर्छ ।” 

समाज परिवर्तन गर्न महिलाको भूमिका महत्वपूर्ण हुने भन्दै उहाँले महिलालाई शिक्षा प्रदान गर्न कुनै कमी नराखिने बताउनुभयो । 

मन्त्री थापाले मुलुकको विकासका लागि राज्यका सम्पूर्ण तहमा महिलाको प्रतिनिधित्व हुनुपर्ने बताउनुभयो । 

उहाँले धेरै संघर्ष गरेर महिलाले आर्थिक सामाजिक अधिकार पाए पनि कार्यान्वयनको अवस्था भने नभएको उल्लेख गर्नुभयो । 

मन्त्री थापाले विगतमा राजनीतिक अस्थिरताले शिक्षामा विकृति देखिएकाले अबको बहुमतको सरकारले शिक्षाका ठोस नीति ल्याई अघि बढ्नेसमेत बताउनुभयो । 

कार्यक्रममा क्याम्पस सञ्चालन समितिका सदस्य सावित्री भुसालले महिला शिक्षालाई जोड दिएर समग्र महिलालाई समाज परिवर्तनमा लगाउनुपर्ने बताउनुभयो । 

कार्यक्रममा प्रजातान्त्रिक प्राध्यापक संघ नेपालका सभापति जगत तिमिल्सेनाले क्याम्पस तहका शिक्षालाई व्यावहारिक बनाउनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा उक्त क्याम्पसका पूर्व क्याम्पस प्रमुख भोलानाथ रेग्मीले राज्यका सामुदायिक क्याम्पसप्रति एउटै नीति बनाउनुपर्ने बताउनुभयो । 

कार्यक्रममा काठमाडौँ महानगरपालिका–२९ का वडाध्यक्ष कुश ढकाल, पद्मकन्या विद्यालयका प्रधानाध्यापक रीता तिवारीले शिक्षालाई सरकारले आफ्नो दायित्व सम्झेर काम गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा उक्त क्याम्पसका क्याम्पस प्रमुख अपराजिता अर्यालले महिला शिक्षाका क्षेत्रमा मुलुककै ठूलो क्याम्पस रहेकाले क्याम्पसको जग्गा नभएकाले थप भौतिक पूर्वाधार गर्नका लागि समस्या भएको बताउनुभयो । 

शिक्षामा महिलाको पहुँच पुर्याउने उद्देश्यले २०३७ सालमा उक्त क्याम्पस स्थापना गरिएको थियो । अहिले स्नातकतर्फ मानविकी, व्यवस्थापन, शिक्षा संकाय र स्नातकोत्तरतर्फ मानविकी संकायमा अँग्रेजी र समाजशास्त्र तथा व्यवस्थापन संकायमा एमबिबिएस विषयमा करिब एक हजार विद्यार्थीले अध्ययन गरिरहेका छन् । 

कार्यक्रममा दीर्घसेवाबाट माधव घिमिरे र ममता सिन्हा तथा उत्कृष्ट प्राध्यापकबाट रेशराज अधिकारी र कर्मचारीबाट सुमन कार्कीलाई पुरस्कृत गरिएको थियो । 

यसैगरी विभिन्न संकायमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पनि पुरस्कार प्रदान गरिएको थियो । 

सोही कार्यक्रममा यसै वर्षदेखि समाजसेवी नरनाथ दाहालले आफ्ना आमाबुबाको नाममा रु एक–एक लाखको ‘बलभद्र दाहाल र चन्द्रकला दाहाल असहाय तथा जेहेन्दार छात्रवृत्ति’ कोष तथा भाइ दयाकृष्ण दाहालको नाममा ‘दयाकृष्ण दाहाल छात्रवृत्ति’ समेत स्थापना गरेको घोषणा गर्नुभएको छ ।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह