१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

प्रदेश १ मा दुई समिति गठन

१४ फाल्गुन २०७४, सोमबार १२:०३

फागुन १४, विराटनगर | आज प्रदेश नं १ को प्रदेशसभा बैठकले सभामुखको अध्यक्षतामा कार्यव्यवस्था परामर्श समिति र प्रदेशसभा नियमावली मस्यौदा समिति गठन गरेको छ । 

प्रदेशसभा बैठकको कार्यसूची, प्राथमिकता, समय निर्धारणलगायतका विषय तय गर्न र आवश्यक भए सभामुखलाई अन्य विषयमा परामर्शसमेत दिन सभामुख प्रदीपकुमार भण्डारीको अध्यक्षतामा कार्यव्यवस्था समिति गठन गरिएको हो । 

उपसभामुख र प्रदेशको कानून हेर्ने मन्त्री यस समितिमा पदेन सदस्य रहन्छन् । प्रदेशसभा सदस्य इन्द्रमणि पराजुली, बुद्धिकुमार राजभण्डारी, जसमाया गजमेर, केदार कार्की, मोहनबहादुर खड्का, जयराम यादव, इन्दिरा राई र विष्णु तुम्बाहाम्फे यस समितिमा सदस्य रहनुभएको छ । 

एघार सदस्यीय नियमावली मस्यौदा समितिमा हीराबल्लभ अधिकारी, एकराज कार्की, सूर्यमान राई, शान्तादेवी पौडेल, रामचन्द्र लिम्बू, विष्णु तुम्बाहाम्फे, सावित्रीकुमार रेग्मी, झलकबहादुर मगर, रामकुमार राई र इन्दिरा कार्की रहनुभएको छ । 

प्रदेशसभाको अर्को बैठक चैत ७ गते दिनको १:०० बजे बस्नेछ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह