२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

प्रदेश १ मा दुई समिति गठन

२०७४, १४ फाल्गुन सोमबार १२:०३

फागुन १४, विराटनगर | आज प्रदेश नं १ को प्रदेशसभा बैठकले सभामुखको अध्यक्षतामा कार्यव्यवस्था परामर्श समिति र प्रदेशसभा नियमावली मस्यौदा समिति गठन गरेको छ । 

प्रदेशसभा बैठकको कार्यसूची, प्राथमिकता, समय निर्धारणलगायतका विषय तय गर्न र आवश्यक भए सभामुखलाई अन्य विषयमा परामर्शसमेत दिन सभामुख प्रदीपकुमार भण्डारीको अध्यक्षतामा कार्यव्यवस्था समिति गठन गरिएको हो । 

उपसभामुख र प्रदेशको कानून हेर्ने मन्त्री यस समितिमा पदेन सदस्य रहन्छन् । प्रदेशसभा सदस्य इन्द्रमणि पराजुली, बुद्धिकुमार राजभण्डारी, जसमाया गजमेर, केदार कार्की, मोहनबहादुर खड्का, जयराम यादव, इन्दिरा राई र विष्णु तुम्बाहाम्फे यस समितिमा सदस्य रहनुभएको छ । 

एघार सदस्यीय नियमावली मस्यौदा समितिमा हीराबल्लभ अधिकारी, एकराज कार्की, सूर्यमान राई, शान्तादेवी पौडेल, रामचन्द्र लिम्बू, विष्णु तुम्बाहाम्फे, सावित्रीकुमार रेग्मी, झलकबहादुर मगर, रामकुमार राई र इन्दिरा कार्की रहनुभएको छ । 

प्रदेशसभाको अर्को बैठक चैत ७ गते दिनको १:०० बजे बस्नेछ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन