१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न माग

१४ फाल्गुन २०७४, सोमबार १२:१६

फागुन १४, काठमाडौँ | वर्तमान सरकारले मन्त्रिपरिषद् गठन गर्दा संविधानको मर्म र भावनानुसार न्यूनतम एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न महिला अधिकारकर्मीले आग्रह गरेका छन् । 

महिलाको भूमिकाविना राष्ट्रको विकास र लोकतन्त्र संस्थागत गर्न सम्भव हुन नसक्ने भएकाले उनीहरुलाई नीतिनिर्माण र कार्यान्वयनको अभियानमा सरीक गराउनुपर्ने माग गरिएको हो । 

अन्तरपार्टी महिला सञ्जालले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा संविधान कार्यान्वयनका लागि पनि वर्तमान सरकारले मन्त्रिमण्डल गठन गर्दा एक तिहाइ महिलालाई सहभागिता गराउनुपर्ने सञ्जालका सचिव ममता गिरीले भन्नुभयो, “समाजको महत्वपूर्ण पक्ष सामाजिक, आर्थिक र सांस्कृतिक रुपान्तरणका लागि महिलाको सहभागिता उल्लेखनीय रहेकाले राजनीतिमा पनि उनीहरुलाई सहभागिता गराउन आवश्यक छ ।” 

स्थानीय तहको निर्वाचनमा महिलाको करिब ४१ प्रतिशत तथा प्रदेशसभा र संघीय संसद्मा एक तिहाइ महिलाको प्रतिनिधित्व छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह