2026-07-05 02:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्ड १६ हजार सहिदलाई झुटो आश्वासन दिएर महलमा रमाइरहेका छन्: सन्तोष बुढा

2018-02-27

फागुन १४, सल्यान । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा जनपरिषद प्रमुख सन्तोष बुढामगरले प्रचण्ड अहिले १६ हजार सहिदको रगतमा नाचेर बसेको बताएका छन् ।

सोमबार २१औं बलिदान दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी निकटको अखिल क्रन्तिकारी सल्यानले बागचौरमा गरेको १७ औँ जिल्ला सम्मेलन कार्यक्रममा बोल्दै उनले १६ हजार सहिदलाई झुटो आश्वासन दिएर प्रचण्ड अहिले महलमा रमाईरहेको बताएका हुन् । 


उनले भने-”हिजो प्रचण्ड र हामी सँगै युद्व लडेका हौँ, जनताको घरमा सँगै गएका हौँ, समृद्ध देश बनाउछाैँ भनेर प्रचण्डले अाश्वासन दिदाँ हजाराैँ जनताले बलिदान दिए, कयौं घार्इते भए तर फलस्वरुप अाज प्रचण्ड कुर्सीमा रमाए जनता जस्ताकाे त्यस्तै भए ।” 

नेता बुढामगरले भने-“हिजो राज्यमा रहेका एमाले-काँग्रेस विरुद्व प्रचण्डकाे नेतृत्वमा युद्व भयाे तर अाज उनै प्रचण्ड कहिले काँग्रेस कहिले एमालेकाे खुट्टा समाउन पुगेका छन् ।”

प्रचण्डले सहिदकाे सपना लत्याएर गएपनि अब क्रान्तिकाे नेतृत्व अाफुहरुले समाल्ने नेता बुढामगरले बताएका छन् । राज्यले जनतालार्इ गरेकाे दमनलार्इ अाफ्नाे नेतृत्वमा जनताले नै प्रतिकार गर्ने उनले बताए ।  अहिले एमाले-माकेले पार्टीकाे नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ राख्न खाेजे पनि सच्चा कम्युनिस्ट अाफुहरु भएकाे उनले दावि गरेका छन् । 

कम्युनिस्ट विचार नै नभएकाले ‘नेकपा’ नाम राख्ने प्रयास गरेर अाफ्नाे जनतालार्इ भड्काउन खाेजेकाे भन्दै उनले त्यस्ताेलार्इ अाफुहरुले तह लगाउने चेतावनी दिएका छन् । नेपालमा अहिले दुर्इवटा चुसिखाने र गरिखाने वर्ग भएकाे उनले उल्लेख समेत गरेका छन् । एउटा राज्यकाे नेतृत्व गरी शासन गरेर चुसिखाने वर्ग र अर्काे अाफुहरुले नेतृत्व गरेकाे गरिखाने वर्ग भएकाे टिप्पनी गरे ।


कार्यक्रममा बाेल्दै नेकपाका केन्दिय सदस्य तथा राप्ती ब्युराे सह इन्चार्ज बल बहादुर अाेली ‘सितल’ले शान्तिपुर्न अामसभा गरिरहेकाे समयमा अाेली सरकारले अाफ्ना नेता कार्यक्रर्तालार्इ पक्राउ गरेकाे भन्दै अापत्ती जनाएका छन् । उनले अब केपी अाेलीका जनप्रतिनिधीहरुले राजिनामा नदिए अाफुहरुले कारबाही गर्ने चेतावनी दिएका छन् । 

अाफुहरुले केहि स्थानीय तहमा राजिनामाकाे माग गर्दै पत्र पठाएकाे र केहि तहमा अब पठाउने भन्दै अाफ्नाे मागलार्इ वास्ता नगरे त्यही अनुसारकाे कारबाही गरिने चेतावनी दिएका हुन् ।

कार्यक्रममा जिल्लका विभिन्न ठाउँबाट सहभागी भएका करिब ५० जना भन्दा बढी सहिदका परिवारलार्इ सम्मान गरिएकाे छ । कार्यक्रमलार्इ सामना र जलजला परिवारका कलाकारहरुले राैनक बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै