१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

सबैको साझा संकल्प मुलुकको समृद्धि बन्नुपर्छः मन्त्री थापा

१५ फाल्गुन २०७४, मंगलवार १२:२९

फागुन १५, बागलुङ | महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले लामो राजनीतिक अस्थिरता र अन्यौल हटेकाले अब सबैको साझा संकल्प मुलुकको समृद्धि बन्नुपर्छ भन्नुभएको छ ।

 

जिल्ला समन्वय समिति बागलुङले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले समृद्धिको लक्ष्य हासिल गर्न सरकार, जनप्रतिनिधि, राष्ट्रसेवकलगायत सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभयो । 

मन्त्री थापाले आर्थिक र सामाजिक रूपान्तरण अहिलेको प्रमुख मुद्दा भएको चर्चा गर्दै सरकारले परिणाम देखिने गरी काम गर्ने धारणा व्यक्त गर्नुभयो ।

“संघीय संरचना अनुरुपको ऐन, कानुन बन्न बाँकी रहेकाले अहिले केही संक्रमण जस्तो देखिएको छ” उहाँले भन्नुभयो, “संविधानको भावनालाई आत्मसाथ गर्दै अघि बढ्नुपर्छ ।” 

कार्यक्रममा मन्त्री थापासहित जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यलाई सम्मान गरिएको थियो । 

बागलुङबाट संघ र प्रदेशसभा गरी १५ जना सासंद्÷सदस्य रहेका छन् । 

सो अवसरमा सासंद्हरूले जनताको आकंक्षा सम्बोधन हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

समितिले स्थानीय तहको भूमिकाका बारेमा जनप्रतिनिधिलाई ध्यानाकर्षणपत्र समेत बुझाएको थियो । 

पत्रमा प्रदेश कानुन बनाउँदा जिल्ला समन्वय समितिको अधिकार र भूमिका स्पष्ट उल्लेख गर्न माग गरिएको जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह