२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

सबैको साझा संकल्प मुलुकको समृद्धि बन्नुपर्छः मन्त्री थापा

२०७४, १५ फाल्गुन मंगलवार १२:२९

फागुन १५, बागलुङ | महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले लामो राजनीतिक अस्थिरता र अन्यौल हटेकाले अब सबैको साझा संकल्प मुलुकको समृद्धि बन्नुपर्छ भन्नुभएको छ ।

 

जिल्ला समन्वय समिति बागलुङले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले समृद्धिको लक्ष्य हासिल गर्न सरकार, जनप्रतिनिधि, राष्ट्रसेवकलगायत सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभयो । 

मन्त्री थापाले आर्थिक र सामाजिक रूपान्तरण अहिलेको प्रमुख मुद्दा भएको चर्चा गर्दै सरकारले परिणाम देखिने गरी काम गर्ने धारणा व्यक्त गर्नुभयो ।

“संघीय संरचना अनुरुपको ऐन, कानुन बन्न बाँकी रहेकाले अहिले केही संक्रमण जस्तो देखिएको छ” उहाँले भन्नुभयो, “संविधानको भावनालाई आत्मसाथ गर्दै अघि बढ्नुपर्छ ।” 

कार्यक्रममा मन्त्री थापासहित जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यलाई सम्मान गरिएको थियो । 

बागलुङबाट संघ र प्रदेशसभा गरी १५ जना सासंद्÷सदस्य रहेका छन् । 

सो अवसरमा सासंद्हरूले जनताको आकंक्षा सम्बोधन हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

समितिले स्थानीय तहको भूमिकाका बारेमा जनप्रतिनिधिलाई ध्यानाकर्षणपत्र समेत बुझाएको थियो । 

पत्रमा प्रदेश कानुन बनाउँदा जिल्ला समन्वय समितिको अधिकार र भूमिका स्पष्ट उल्लेख गर्न माग गरिएको जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन