2026-10-18 05:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

पशुपालनबाट नगरवासीलाई सम्बृद्ध बनाउछु: प्रमुख अधिकारी

फाल्गुन १५, अर्घाखाँची । अर्घाखा“चीको शीतगंगा नगरपालिकाका प्रमुख सुर्यप्रसाद अधिकारीले पशुपालनबाट नगरवासीलाई सम्बृद्ध बनाउन कृषिमा आधुनीकिरण कार्यक्रम ल्याइएको बताउनुभएको छ । 

भौगोलिक जटिलताका कारण विकासका काम गर्न अप्ठेरो परेको भन्दै उहा“ले नगरका १४ वटै वडामा उन्नत जातका बाख्रा, खसीबोका र गाइभैसी पाल्नतिर आकर्षित गरी आम्दानी बढाउन आफु लागि परेको बताउनुभयो ।

शीतगंगा नगरपालिकाको पशुसेवा शाखाले मंगलबार ठाडा दहमा आयोजना गरेको पशुसेवा सम्बन्धी अन्तरक्रिया कृषक कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले अबको क्रान्ति कृषि नै भएकाले पशुपालनमा भविष्य उज्ज्वल रहेको बताउनुभयो ।  कसरी नगरलाई सम्बृद्ध बनाउन सकिन्छ भनेरै योजना बनाएर लागु गर्नेमै आफनो ध्यान रहेको दावी गर्नुभयो ।

कार्यक्रममा जिल्ला पशुसेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डाक्टर लोकनाथ पौडेलले शीतगंगा तराईस“ग जोडिएको नगर भएकाले पशुपालनको राम्रो संभावना रहेकाले व्यावसायीक कृषक बनेर पशुपाल्न कृषकलाई अनुरोध गर्नुभयो । शीतगंगा नगरपालिका ९ नम्बर वडाध्यक्ष भीम केसीले कृषिमा आधुनिकीकरण उत्पादनमा आत्मनिर्भर बनाउन कार्यक्रम शुरु भएकाले ढुक्कस“ग पशुपालनमा लागेर आम्दानी गर्न नगरवासीलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा कान्तिपुर दैनिकका उपसम्पादक वीरेन्द्र केसीले मुलुककै ठूलो नगरपालिका प्रशस्त स्रोत भएको र पशुपालनमा कायापलट ल्याएर नमूना बनाउन सकिने बताउनुभयो । कृषि विकास शाखा प्रमुख थीरलाल गैरे, कृषक यमलाल आचार्य लगायतले मन्तव्य राख्नुभएको थियो । पशुचिकित्सक दुर्गा खनालको अध्यक्षता, चित्रबहादुर क्षेत्रीको स्वागत र गणेश थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा शीतगंगा नगरपालिका १४ वडाका ३० जना कृषक सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु