१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजधानीलाई माक्स मुक्त क्षेत्र बनाउछौ: मन्त्री पण्डित

१६ फाल्गुन २०७४, बुधबार ०९:०८

फागुन १६, काठमाडौँ | जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले आगामी एक वर्षभित्र राजधानीलाई माक्स मुक्त क्षेत्र बनाउन आफू सक्रिय भएर लागिरहेको बताउनुभएको छ । 

सामुदायिक रेडियो प्रसारक संघद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले देश र जनताको हकहितमा काम गर्न आफू सक्रिय भएकाले सबैको सहयोग भए माक्स मुक्त क्षेत्र बनाउन सकिने बताउनुभयो । 

मन्त्री पण्डितले अपराध गर्नेलाई दण्डित गर्न आफूपछि नहट्ने तर काल्पनिकभन्दा पनि सत्य तत्य विषयवस्तुमा विशेष ध्यान दिएर समाचार सम्पे्रषण गर्न पत्रकारलाई आग्रहसमेत गर्नुभयो । 

उहाँले सामुदायिक रेडियो प्रकाशन संघले प्रकाशन गरेको ‘सामुदायिक मेलमिलाप’ नामक पुस्तक पनि विमोचनसमेत गर्नुभयो । विभिन्न जिल्लामा रहेका सामुदायिक मेलमिलाप केन्द्रले समाजमा भएका घटना चित्रण सहित समाधानका उपायबारे पुस्तकमा उल्लेख छ । 

पुस्तकमा गाउँका विवाद गाउँमै साम्य, रेडियोको कथाले दियो नयाँ जीवन, जब आमा–बाबुका अगाडि दाजुभाइ अङ्काल गरे, जग्गा विवादले बोली बन्द मिलाउने काममा मेलमिलाप केन्द्र, रेडियो कार्यक्रम सुनेको भरमा विवाद मिल्यो, टुटेको सम्बन्ध जोड्दै मेलमिलाप केन्द्रलगायतका २९ वटा लेख समावेश छन् । 

उक्त पुस्तकको मूल्य रु ५०० तोकिएको छ । कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्यालले स्थानीय तहका सानातिना घटना मेलमिलाप केन्द्रले टुङ्याएमा अदालतमा समेत भार कम हुने विचार व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह