१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अहिले ठूलो भयौँ भनेर घमण्ड नगर्दा हुन्छ: महासचिव बैद्य

१६ फाल्गुन २०७४, बुधबार १२:००

फागुन १६, काठमाडौँ  | नेकपा (क्रान्तिकारी)का महासचिव मोहन वैद्यले सच्चा कम्युनिष्ट क्रान्तिकारी एकजुट हुनुपर्ने बताउनुभएको छ । 

नेकपा (माओवादी केन्द्र) बाट असन्तुष्ट भई पुनर्गठन भएको नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी)को पहिलो राष्ट्रिय भेलालाई आज यहाँ सम्बोधन गदै उहाँले अहिले ठूलो पार्टी बनेकोमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई घमण्ड नगर्न समेत अनुरोध गर्नुभयो । “अहिले ठूलो भयौँ भनेर घमण्ड नगर्दा हुन्छ” उहाँले भन्नुभयो– “हामी सानो झिल्का हाँै । सानो झिल्का सल्किएपछि ठूलो रुप लिन्छ । अनि के के हुन्छ भन्ने थाहा हुन्छ ।” 

कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनका लागि एकजुट हुनुको विकल्प नभएको महासचिव वैद्यको भनाइ थियो । “पूँजीवादी क्रान्तिलाई पूरा गर्नका लागि कम्युनिष्ट घटक एक हुनुपर्दछ” उहाँले भन्नुभयो– “त्यसका लागि हामी फेरि मेहनत गरेर कम्युनिष्ट आन्दोलन एकजुट गराउनतर्फ लाग्नु पर्दछ ।” दक्षिणपन्थी शक्तिका विरुद्ध सच्चा कम्युनिष्ट पार्टी एकजुट हुनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा पुनर्गठित माओवादी केन्द्रका नेता लोकेन्द्र विष्ट मगरले माओवादी केन्द्र दक्षिणपन्थी अवसरवादका लागि लागेको कारणले पार्टीलाई पुनर्गठन गरेको बताउनुभयो । उहाँले चाँडै नै सच्चा कम्युनिष्ट पार्टीलाई एक बनाउने अभियानमा आफूहरु लाग्ने बताउनुभयो । 

पुनर्गठित क्रान्तिकारीका संयोजक आलोक रायमाझीले सबै क्रान्तिकारी शक्ति एकजुट हुनुको विकल्प नभएको बताउनुभयो । भेलाबाट ४० सदस्यीय केन्द्रीय कमिटी गठन हुने छ ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह