Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
१२ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

स्थानीय तहमा ‘ग्राम उद्योग’ स्थापना गरिन्छ: मन्त्री थापा

१७ फाल्गुन २०७४, बिहीबार ०७:२१

फागुन १७, म्याग्दी । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले मुलुकको समृद्धिका लागि सरकारले ग्रामीण क्षेत्रमा उद्योग स्थापना गर्ने बताउनुभएको छ । 


मन्त्री बनेपछि गृह जिल्ला आउनुभएकी मन्त्री थापाले आज बेनीमा प्रेस चौतारी नेपाल, म्याग्दी शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताउनुभएको हो । 

मन्त्री थापाले स्थानीय स्रोत, साधन र सीपको उपयोगमार्फत मुलुकको समृद्धि हासिल गर्न सरकारले हरेक स्थानीय तहमा ‘ग्राम उद्योग’ स्थापना गर्ने निर्णय गरेको बताउनुभयो । वर्तमान सरकारले मुलुकको समृद्धि, सशासन, विकास निर्माणलाई प्राथमिकतामा राखेको बताउँदै उहाँले जनताले अनुभूति गर्ने गरी सरकारले काम गर्ने दाबी गर्नुभयो । 

एक फरक प्रसंगमा मन्त्री थापाले म्याग्दी पर्यटन, जलविद्युत, जडीबुटी, कृषि, पशुपालनलगायतका क्षेत्रमा सम्भावनायुक्त क्षेत्र रहेकाले यहाँकोे विकासमा आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह