२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारी स्वामित्वका उद्योगको पुनःसंरचना आवश्यक: मन्त्री यादव

२०७४, १७ फाल्गुन बिहीबार ०८:०३

फागुन १७, लहान । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सरकारी स्वामित्वमा रहेका उद्योगको पुनःसंरचना जरुरी रहेको बताउनुभएको छ । 

होली पर्वका अवसरमा सिरहाको मिर्चैया नगरपालिकाले आयोजना गरेको सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री यादवले सरकारी स्वामित्वमा रहेका उद्योगधन्दा कर्मचारी र नेताहरुलाई तलब भत्ता खुवाउने संस्थाका रुपमा मात्र सीमित भएकाले ती संस्था नयाँ ढंगबाट सञ्चालन गर्नुपर्ने बताउनुभयो । 

अबका दिनमा सरकारी लगानीका उद्योगलाई अझै विकसित गर्दै यसलाई कर्मचारी पाल्नेभन्दा पनि देश विकासमा टेवा पु¥याउने ढंगले विकास गर्न जरुरी रहेको उल्लेख गर्दै मन्त्री यादवले त्यसका लागि आफ्नै कच्चा पदार्थ उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । 

मिर्चैया नगरपालिकाका प्रमुख श्रवण यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्यद्वय जगतप्रसाद यादव, भरत साहले होलीको शुभकामना व्यक्त गर्नुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन