१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारी स्वामित्वका उद्योगको पुनःसंरचना आवश्यक: मन्त्री यादव

१७ फाल्गुन २०७४, बिहीबार ०८:०३

फागुन १७, लहान । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सरकारी स्वामित्वमा रहेका उद्योगको पुनःसंरचना जरुरी रहेको बताउनुभएको छ । 

होली पर्वका अवसरमा सिरहाको मिर्चैया नगरपालिकाले आयोजना गरेको सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री यादवले सरकारी स्वामित्वमा रहेका उद्योगधन्दा कर्मचारी र नेताहरुलाई तलब भत्ता खुवाउने संस्थाका रुपमा मात्र सीमित भएकाले ती संस्था नयाँ ढंगबाट सञ्चालन गर्नुपर्ने बताउनुभयो । 

अबका दिनमा सरकारी लगानीका उद्योगलाई अझै विकसित गर्दै यसलाई कर्मचारी पाल्नेभन्दा पनि देश विकासमा टेवा पु¥याउने ढंगले विकास गर्न जरुरी रहेको उल्लेख गर्दै मन्त्री यादवले त्यसका लागि आफ्नै कच्चा पदार्थ उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । 

मिर्चैया नगरपालिकाका प्रमुख श्रवण यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्यद्वय जगतप्रसाद यादव, भरत साहले होलीको शुभकामना व्यक्त गर्नुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह