१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

होली विशेषमा बृद्धबृद्धासँग मुख्यमन्त्री शाही

१७ फाल्गुन २०७४, बिहीबार ०९:५०

दलसिंह गिरी/फागुन १७, सुर्खेत । बसन्त ऋतुको आगमन संगै फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बृद्धबृद्धाहरुसँग खुशी साटासाट गरी मनाउनु भएको छ । 

मुख्यमन्त्री शाहीले वीरेन्द्रनगरको प्रशान्ती बृद्धाश्रममा पुगेर बृद्धबृद्धा संग खुशी साटासाट गरी होली मनाउनु भएको हो ।


होलीको अवसर पारी मुख्यमन्त्री शाहीले बृद्धबृद्धाहरुलाई कम्मल, फलफुल र केही नगद वितरण गरी होली मनाउनु भएको छ । कर्णाली पद्रेशका मुख्यमन्त्री शाहीले ‘भगवान खोज्दै धार्मिक स्थल धाउनुको सट्टा बृद्धाश्रम पुगेर बृद्धबृद्धाहरुको सेवामा लाग्नु पुण्य कमाउनु हो भन्दै सबै सचेत नागरिकले बृद्धबृद्धाहरुलाई माया तथा स्नेह प्रकट गरी सेवामा लाग्न आग्रह समेत गर्नु भएको छ ।

बृद्धबृद्धाहरुको सेवा गरिरहेको प्रशान्ती बृद्धाश्रमको प्रशंसा गर्दै शाहीले प्रशान्ती बृद्धाश्रमलाई कर्णाली प्रदेशकै नमुना बृद्धाश्रम बनाउने प्रतिवद्धता गर्नु भएको छ । 


हाल आश्रममा रहेका आठ जना बृद्धबृद्धाहरुको गुनासा सुन्दै शाहीले नागरिकता विहिन केही वृद्धाहरुलाई तत्काल नागरिकता प्रदानका लागि प्रक्रिया थाल्ने बताउनु भएको छ ।

मुख्यमन्त्री शाहीले प्रशान्ती बृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठ संग प्रत्यक्ष भेटगरी आश्रमको भौतिक पूर्वाधारको अवस्था र यसको आवश्यकताका बारे जानकारी लिनुका साथै आश्रमले हाल गरिरहेको कामको अनुगमन समेत गर्नु भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह