२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

कम्युनिष्ट आन्दोलनका शिखर ब्यक्ति रावलको निधन

१७ फाल्गुन २०७४, बिहीबार १०:३८

कमल रावल/फागुन १७, अछाम । अछामको कम्युनिष्ट् आन्दोलनका शिखर ब्यक्ति झँकर बहादुर रावलको निधन भएको छ । 

२ वटै मृगौलाले काम गर्न छोडेपछी विगत १ बर्ष देखि विर अस्पताल काठमाण्डौँमा उपचारको क्रममा रावलको बिहिबार विहान १० बजे निधन भएको हो । २०१४ सालमा बुवा झपट बहादुर रावल र आमा मनसरा रावलको कोखबाट पहीलो सन्तानका रुपमा ओलीगाउ गाबिस वडा नम्बर ८ सल्लागडामा जन्मनु भएका रावलको ६० बर्षको उमेरमा निधन भएको हो । 


उहाँको अन्तीम दाहासस्कार शुक्रबार भोली पशुपती आर्यघाट्मा अन्तीम दाहासस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । २०३६ साल देखि नै विद्यार्थि जिवन देखि नै तिच्छ्ण बुद्धि भएका रावल अन्याय अत्याचारको बिरुद्धमा जहीले पनी उभिने गर्दथे । 

२०३६ सालको जनमत सँग्रहमा बहुदलको पक्षमा लागेका रावलले राज संस्थाको बिरुद्ध उत्रिता प्रबासि जिवन समेत बिताउनु परेको थियो । प्रबासि जिवनबाट फर्केर आईसकेपछी नेपाल रेडक्रस शोसाईटि जिल्ला शाखा अछामको सभापती सामाजिक अभियानमा स्थापित हुनु भएका रावलले २०४३ देखि २०४६ सम्म जिल्ला पंञ्चायत सदस्य हुदा सामाजिक अभियान थालनी गरेका उहाँका अँकल नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिती अछामका पुर्व अध्यक्ष नर बहादुर रावलले बताउनु भयो । 

जिल्ला पंञ्चायत सदस्य भईरहेदा रावलले सामाजिक आन्दोलनको रुपमा जिल्लाको मदिरा आन्दोलनको नेतृत्व लिर्दै अछाम जिल्ला सुख्खा एरिया घोषणा गराई महीला र समाजमा पिल्सीएका पक्षका वर्गमा आवाज उठाउदै आउनु भएको थियो । 

त्यसपछीका दिनमा निरन्तर नेपाल कम्युनिष्ट पार्टी एमालेको जिल्ला कमिटी सदस्य, पार्टी उपसचिव हुदै संगठनलाई जिल्लामा मजबुत र चलायमान बनाउन अग्रणी भुमिका खेल्नु भएको थियो । बदलिदो परिबेश सँगै रावले २०५६ सालमा नेकपा माले र २०७० सालमा नेकपा माओवादि केन्द्रबाट अछाम क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभाको उम्मेद्धार बन्नु भएको थियो । 

हाल नेकपा माओवादिको केन्द्रको महाधिबेशन आयोजक कमिटी सदस्य र अछाम पार्टीको जिल्ला सल्लाहकार सदस्य अध्यक्ष रहेका रावलको निधनले पार्टीलाई निकै अपुरणीय क्षती पुगेको पार्टी पक्तीले जनाएको छ । 

उहाँको निधनमा अछाम जिल्लाका बाम गठबन्धनका नेता नेकपा एमाले र माओवादि केन्द्रका नेताले समाजिक सञ्जाल मार्फत श्रद्धाञ्जली ब्यक्त गरेका छन । उहाँको निधन खबरले पुरै ओलीगाउ समेत शोक डुबेको छ । मृतक रावलका धर्मपत्नी र ३ छोरा छन ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन