२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

कम्युनिष्ट आन्दोलनका शिखर ब्यक्ति रावलको निधन

१७ फाल्गुन २०७४, बिहीबार १०:३८

कमल रावल/फागुन १७, अछाम । अछामको कम्युनिष्ट् आन्दोलनका शिखर ब्यक्ति झँकर बहादुर रावलको निधन भएको छ । 

२ वटै मृगौलाले काम गर्न छोडेपछी विगत १ बर्ष देखि विर अस्पताल काठमाण्डौँमा उपचारको क्रममा रावलको बिहिबार विहान १० बजे निधन भएको हो । २०१४ सालमा बुवा झपट बहादुर रावल र आमा मनसरा रावलको कोखबाट पहीलो सन्तानका रुपमा ओलीगाउ गाबिस वडा नम्बर ८ सल्लागडामा जन्मनु भएका रावलको ६० बर्षको उमेरमा निधन भएको हो । 


उहाँको अन्तीम दाहासस्कार शुक्रबार भोली पशुपती आर्यघाट्मा अन्तीम दाहासस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । २०३६ साल देखि नै विद्यार्थि जिवन देखि नै तिच्छ्ण बुद्धि भएका रावल अन्याय अत्याचारको बिरुद्धमा जहीले पनी उभिने गर्दथे । 

२०३६ सालको जनमत सँग्रहमा बहुदलको पक्षमा लागेका रावलले राज संस्थाको बिरुद्ध उत्रिता प्रबासि जिवन समेत बिताउनु परेको थियो । प्रबासि जिवनबाट फर्केर आईसकेपछी नेपाल रेडक्रस शोसाईटि जिल्ला शाखा अछामको सभापती सामाजिक अभियानमा स्थापित हुनु भएका रावलले २०४३ देखि २०४६ सम्म जिल्ला पंञ्चायत सदस्य हुदा सामाजिक अभियान थालनी गरेका उहाँका अँकल नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिती अछामका पुर्व अध्यक्ष नर बहादुर रावलले बताउनु भयो । 

जिल्ला पंञ्चायत सदस्य भईरहेदा रावलले सामाजिक आन्दोलनको रुपमा जिल्लाको मदिरा आन्दोलनको नेतृत्व लिर्दै अछाम जिल्ला सुख्खा एरिया घोषणा गराई महीला र समाजमा पिल्सीएका पक्षका वर्गमा आवाज उठाउदै आउनु भएको थियो । 

त्यसपछीका दिनमा निरन्तर नेपाल कम्युनिष्ट पार्टी एमालेको जिल्ला कमिटी सदस्य, पार्टी उपसचिव हुदै संगठनलाई जिल्लामा मजबुत र चलायमान बनाउन अग्रणी भुमिका खेल्नु भएको थियो । बदलिदो परिबेश सँगै रावले २०५६ सालमा नेकपा माले र २०७० सालमा नेकपा माओवादि केन्द्रबाट अछाम क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभाको उम्मेद्धार बन्नु भएको थियो । 

हाल नेकपा माओवादिको केन्द्रको महाधिबेशन आयोजक कमिटी सदस्य र अछाम पार्टीको जिल्ला सल्लाहकार सदस्य अध्यक्ष रहेका रावलको निधनले पार्टीलाई निकै अपुरणीय क्षती पुगेको पार्टी पक्तीले जनाएको छ । 

उहाँको निधनमा अछाम जिल्लाका बाम गठबन्धनका नेता नेकपा एमाले र माओवादि केन्द्रका नेताले समाजिक सञ्जाल मार्फत श्रद्धाञ्जली ब्यक्त गरेका छन । उहाँको निधन खबरले पुरै ओलीगाउ समेत शोक डुबेको छ । मृतक रावलका धर्मपत्नी र ३ छोरा छन ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै