२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेसले परिवर्तन खोजेको छ: नेता सिटौला

२०७४, १८ फाल्गुन शुक्रबार ०६:२६

फागुन १८, काठमाडौँ | नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले काँग्रेस पार्टीले परिवर्तन खोजेको बताउनुभएको छ । 

नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आज नेपालटारमा आयोजना गरेको ‘समसामयिक राजनीतिक परिस्थिति र नेपाली काँग्रेसको भूमिका’ विचार गोष्ठीमा उहाँले परिवर्तित समयसँगै काँग्रेसलाई लैजान नसके पार्टी नै समाप्त हुने बताउनुभयो । “काँग्रेसभित्र नयाँ ढंगले वैचारिक बहस चलाउनु आवश्यक छ”, उहाँले भन्नुभयो । 

नेता सिटौलाले काँग्रेसको निर्वाचनमा नीतिगत, रणनीतिगत, निर्णायक, व्यावहारिक पक्षमा गम्भीर त्रुटि भएका कारण पराजित हुनुपरेको बताउनुभयो । 

काँग्रेसभित्र वैचारिक बहस चलाउनुपर्ने बेला आएको उहाँको भनाइ थियो । उहाँले कम्युनिष्टहरु सरकारमा हुँदा आफ्ना लागि काम गर्ने तर राष्ट्रका लागि काम नगर्ने प्रवृत्ति भएको आरोपसमेत लगाउनुभयो । 

काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले काँग्रेस कमजोर मनोविज्ञानका साथ निर्वाचनमा जाँदा कमजोर नतिजा ल्याएको बताउनुभयो । 

नेता पौडेलले चार पटक प्रधानमन्त्री भएका काँग्रेसका सभापतिलाई प्रधानमन्त्री नहुने अवस्थामा किन संसदीय दलको नेता बन्नुप¥यो भनी प्रश्न गर्नुभयो । “काँग्रेस हराउन काँग्रेस तयार हुन्छ तर काँग्रेस जिताउन काँग्रेस किन तयार हुँदैन”, उहाँको प्रश्न थियो । 

काँग्रेस काठमाडौँ क्षेत्र नं ६ का सांसद भीमसेनदास प्रधानले आमजनताबीच काँग्रेसप्रति हिनताबोध हुँदै गएको भन्दै पार्टी पराजयबारे काँग्रेसभित्र गम्भीर समीक्षा आवश्यक रहेको बताउनुभयो । “सत्तरी वर्ष नाघेका व्यक्ति पार्टी संसदीय दलको नेतामा लड्नु हुँदैन, नयाँलाई अवसर दिनुपर्छ”, उहाँले भन्नुभयो । 

प्रदेश सांसद जीवन डंगोल, क्षेत्रीय सभापति श्यामकृष्ण खड्गी, क्षेत्रीय सचिव एवं काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्याम तिवारीलगायतले इमान्दार कार्यकर्ताको हातमा पार्टी नपुगेसम्म काँग्रेसले पुनर्जीवन पाउन नसक्ने बताउनुभयो ।रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन