२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

प्रदेश नम्बर ३ को संयोजकमा चयन भएका रमेश बन्जराले यसो भने…

२०७४, १९ फाल्गुन शनिबार ०१:०६

फागुन १९, मकवानपुर | नेपाली रेडियो नेटवर्कमा आबद्ध रेडियोकर्मीहरूको प्रदेश नम्बर तिनको भेलाले रेडियो आकाश गंगाका रमेश बंन्जरालाई प्रदेश नम्बर ३ को संयोजकमा चयन गरेको छ । 

दामन पोष्टले अबको योजना के छ ? भनेर गरेको प्रश्नमा बन्जराले भने,‘ संचारकर्मीहरूलाई परेको समस्यालाई समाधानको बाटो खोज्नु नै मेरो पहिलो काम हुनेछ । समाचार सूचनालाई पारदर्शी बनाउने, रेडियो, संचालनमा संचालकहरूलाई परेको असहजता लाई छलफल गरी निकास निकाल्ने लगायतका काम गर्नेछु ।’

उनले थपे,‘देश संघिय संरचनामा गए पछि पत्रकारले खेल्ने भुमिका लगायतका बिषयमा बहस चलाऊने, संचारकर्मीहरूलाई समय समय तालिमको आयोजना गर्ने समेत आफ्नो योजना रहेकोछ ।’

काठमान्डौमा सम्पन्न भेलाले बन्जराको अध्यक्षमा ९ सदस्य प्रदेश कमिटि चयन गरेको हो । उक्त कमिटिमा ड्रीम्स एफ एम चितवनका राजू साप्कोटा र रेडियो काठमाण्डौका यू पी लामिछानेलाई सहसंयोजक र सदस्यहरूमा रेडियो रसूवाका दिपक लामा सञ्जीबनी एफ एम नूवाकोटका श्रीराम नेपाल, रेडियो मस्ती भक्तपूरका बिपीन ढूङ्गाना रेडियो टप टाउन काभ्रेका कर्म लामा, स्वदेश एफ एम चितवनका देब अन्जान, रेडियो सिद्धबाबा सिन्धुलीका टिकाजंग थापालाई चयन गरेको छ । नेपाली रेडियो नेटवर्कले सातै प्रदेशमा भेला आयोजन गरी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन