२०८३, २६ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टी सभापति र संसदीय दलको नेता एउटै व्यक्ति हुनुहुन्न: नेता थापा

२०७४, १९ फाल्गुन शनिबार ०६:१८

 फागुन १९, चितवन | नेपाली काँग्रेसका नेता गगन थापाले अहिलेको परिवेशमा पार्टी सभापति र संसदीय दलको नेता एउटै व्यक्ति हुनु उपयुक्त नभएको बताउनुभएको छ । 

थापाले आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टीलाई पूर्ववत् अवस्थामा फर्काउनुपर्ने महत्वपूर्ण जिम्मेवारी रहेको भन्दै उहाँले दुई तिहाई बहुमत पुर्याउन लागेको कम्युनिष्ट सरकारसँग संसदमा भिड्नुपर्ने भएकाले एकै व्यक्तिले दुई मोर्चामा रहेर काम गर्न नसक्ने विचार व्यक्त गर्नुभयो । 

फरक प्रशंगमा उहाँले विपक्षी दलको भूमिका अहिले गुण र दोषका आधारमा सरकारलाई सहयोग र विरोध मात्रै नभएर संविधानको मर्मअनुसार सरकार चल्यो कि चलेन भनेर त्यसको रखवाली गर्ने काम पनि भएको स्पष्ट पार्नुभयो । 

यसैगरी नेपाल तरुण दल भारत महाराष्ट्रका सचिव पूर्णकान्त पौडेलले नेता थापालाई प्रवासी नेपालीका समस्याका बारेमा अवगत गराउनु भएको छ । आज यहाँ पौडेलले थापासँग भेट गरी नेपालबाट भारतमा रोजगारी, अध्ययन, व्यवसाय गरी बसेका नेपालीका अनगिन्ती समस्या भएको र त्यसको सरकारले सम्बोधन गर्न नसकेको जानकारी गराउनु भएको थियो । 

भारतमा रहेका नेपाली भारतीय सरकारबाट विभिन्न खालका विभेदमा  परेको भन्दै उहाँले सरकारीस्तरबाट त्यस्ता विभेद् हटाउन पहल गरिनुपर्ने बताउनुभयो । भारतमा रहेका नेपाली सीमामा आवतजावत् गर्दा असुरक्षित हुने, भारतबाट नेपालमा सञ्चार सम्बन्ध गर्दा महँगो शुल्क तिर्नुपर्ने, नेपाली महिला यौन हिंसामापर्ने, श्रम शोषण हुने, परिचयपत्रको मान्यतामा विभेद्, के कति नेपाली भारतमा छन्, तथ्यांक नभएको, मृत्युपछि शव नेपालमा पठाउन कठिन हुने जस्ता समस्या नेपालीले भारतमा भोग्दै आएका छन् । 

भारतमा रहेका नेपालीको समस्या समाधानका लागि आफ्नो तर्फबाट पहल गर्ने सो अवसरमा नेता थापाले आश्वासन दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन