२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महन्थ ठाकुरले सांसदलाई सपथ खुवाउने

२०७४, २० फाल्गुन आईतवार ०७:४८

फागुन -२०,काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्यका रुपमा महन्थ ठाकुरले सांसदलाई सपथ खुवाउने भएका छन्। यसअघि जेष्ठ सदस्य महेन्द्रराय यादवले सपथ खुवाउने तयारी गरिएपनि उनको नागरिकता र निर्वाचन आयोगमा बुझाएको जन्ममिति फरक परेपछि ठाकुरलाई सपथ खुवाउने जिम्मेवारी दिइएको हो।

जेष्ठ सदस्य महेन्द्र राय यादवको जन्ममितिमा विवाद देखिएपछि प्रतिनिधिसभामा रहेका ५ दलबीचको छलफल ठाकुरबाट सपथ लिने सहमतिमा पुगेको हो। सांसदलाई सपथ खुवाउनुअघि जेष्ठ सदस्यल राष्ट्रपतिबाट सपथ लिनुपर्ने हुन्छ। संसदको कार्यसूचि तयारीका लागि सदनमा प्रतिनिधित्व गर्ने पाँच दलका नेतासँग परामर्शमा नेता रायलाई ज्येष्ठ सदस्यका रुपमा शपथ नगराउने सहमति बनेको हो। यादव ६३ वर्षको भए पनि नागरिकता अनुसार उनको उमेर ८० वर्ष देखिएको थियो। 

सांसदलाई सपथ खुवाउनुअघि ७५ वर्षीय ठाकुरले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनेछन्।

राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य ठाकुर र राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टलाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम छ।ज्येष्ठ सदस्यको सपथ पछि प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण अपराह्न ४ बजे र राष्ट्रियसभाका सदस्यको शपथ ग्रहण ५ बजे हुँदैछ । 

राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुर र राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टलाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम रहेको छ ।  राष्ट्रपति कार्यालय शीतलनिवासमा ज्येष्ठ सदस्यले शपथ लिएपछि उनीहरुले नै प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई शपथ गराउनेछन् । प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५९ सदस्य रहेका छन् । 

राष्ट्रियसभामा मनोनीत सदस्यको सपथ नहुने 

राष्ट्रियसभामा मनोनीत सदस्य डा युवराज खतिवडा, रामनारायण बिँडारी र डा विमला पौडेललाई तत्कालका लागि शपथ रोक्न  अदालतले फागुन १३ गते अन्तरिम आदेश दिएकाले उनीहरूको शपथ नहुने भएको छ । अघिल्लो सरकारले मनोनयन गरेकालाई फिर्ता गरी नयाँ सरकारको सिफारिशमा नयाँ सदस्य मनोनयन भएका विषयमा सर्वोच्च मा रिट निवेदन परेको थियो । 

प्रतिनिधिसभामा ३८ जनाले मातृभाषामा शपथ लिने 

संवैधानिक व्यवस्थानुसार आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यको संख्या ४४ पुगेको छ । संघीय संसद् सचिवालयका प्रवक्ता डा गौतमका अनुसार प्रतिनिधिसभामा ३८ जनाले आफ्नो मातृभाषामा शपथ लिने जानकारी गराएका छन् । भोजपुरी, मैथिली, अवधि, तामाङ, थारु, मगर र हिन्दी भाषामा शपथ लिन चाहेको भन्दै प्रतिनिधिसभामा निर्वाचित सांसदले सचिवालयलाई जानकारी गराएका छन् । यस्तै राष्ट्रियसभाका छ सदस्यले मातृभाषामा शपथ लिने भएका छन् ।  


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन