2026-09-19 01:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

विप्लव माओवादीले ओखलढुंगाका जनप्रतिनिधिको राजीनामा माग्यो

पूर्णप्रसाद न्यौपाने/फाल्गुण २१, ओखलढुंगा | ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ओखलढुंगाका जनप्रतिनिधिको राजीनामा माग गरेको छ । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले जिल्लाका गाउँ तथा नगरपालिकाका प्रमुखहरुलाई पत्र बुझाएरै राजीनामा माग गरेको हो ।

पार्टीले आज सिद्धिचरण नगरपालिका र मानेभन्ज्याङ गाउँपालिकाका प्रमूखहरुलाई पत्र बुझाएको छ । नेकपाले समानान्तर सरकार भन्दै गठन गरेको ‘जनपरिषद् नेपाल’को लेटर हेडमा पत्र लेख्दै जनप्रतिनिधिहरुको राजीनामा माग गरेको हो ।

‘मुलुकभर जनताको सरकार स्थापित गरेर जनताको सेवा, राष्ट्रको स्वाधिनता सामाजिक सुरक्षा सहितको विकास र समृद्धिको आधार तयार गर्नको लागि तपाईंले आफ्नो पदबाट राजीनामा दिई जनताको सरकारलाई सहयोग गर्न विनम्रता पूर्वक आग्रह गर्दछौँ । अन्यथा उत्पन्न हुने परिस्थितिको जिम्मेवार तपाईं आफैं हुनुपर्नेछ,’ पत्रमा लेखिएको छ ।

भोली मंगलबार सम्ममा जिल्लाका सबै स्थानीय तहका प्रमूखहरुलाई पत्र बुझाइसक्ने नेकपाका जिल्ला सेक्रेटरी अमृत बस्नेतले बताउनुभयो । जनप्रतिनिधिहरुको राजीनामा नदिए थप दवावका कार्यक्रम गर्ने सेक्रेटरी बस्नेतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई