२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

सरकारी कार्यालय अन्यत्र सार्ने प्रस्ताबको खोटाङ कांग्रेसले गरे बिरोध

२०७४, २१ फाल्गुन सोमबार १४:१६

चिसाङ शेर्पा | फागुन २१, खोटाङ | जिल्लाका सरकारी कार्यालय अन्यत्र सार्ने संघीय सरकारको प्रस्ताबको खोटाङ कांग्रेसले बिरोध गरेको छ । जिल्लामा रहेका सरकारी कार्यालय अन्यत्र सार्ने, खारेजी गर्नेजस्ता प्रस्ताबलाई कांग्रेसले आन्दोलन मार्फत बिरोध जनाएको हो ।  

मुलुक संघीय संरचनामा गइसक्दा सिंहदरबारको हक अधिकार गाउँ–गाउँमा भनिरहंदा जिल्ला स्वास्थ्य कार्यालय दिक्तेललाई उदयपुर हस्तान्तरण गर्ने सरकारको पहिलो निर्णयले जिल्लालाई उजाड बनाउने भन्दै सोमबार खोटाङ काग्रेसले दिक्तेलबजारमा बिरोध र्याली निकाल्दै उदयपुरलाई हस्तान्तरण गर्ने निर्णय फिर्ता लिन स्थानिय प्रशासन मार्फत सरकारलाई ध्यानाकर्षण गरेको छ ।

जनतालाई सेवा सुविधा प्रधान गर्ने प्रत्यक्ष सरोकारका सरकारी कार्यालयहरु जिल्लाबाट गाउँ–गाउँमा पुर्याउनको सट्टा जिल्लाबाट खारेजी र अन्य जिल्लामा हस्तान्तरण गर्दै जाने नीति लिएको प्रती त्यसलाई तत्काल खारेजी गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारलाई खोटाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारी मार्फत ज्ञापनपत्र बुझाईएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर सभापती दुर्गाप्रसाद घिमिरेले बताउनुभयो ।

 

पहुँचका आधारमा भोजपुर र संखुवासभामा स्वास्थ्य कार्यालय कामय रहने तर, जिल्लाबाट जननिर्वाचित प्रतिनिधिहरुको असक्षमताका कारण धमाधम भएको सेवा सुविधासमेत कटौति भईरहेको संकेत गर्दै एक नम्बर प्रदेश मुख्यमन्त्रीको कार्यालय बिराटनगर र जिल्ला समन्वय समितिको कार्यालय दिक्तेलमा बोधार्थ बुझाईएको खोटाङ कांग्रेसले जनाएको छ । 

प्रस्ताबित गरिएका कार्यालयलाई खारेज गर्न, अन्य कार्यालयहरुसमेत दिक्तेलमा कायम राख्न साथै कर सम्बन्धि कारोबार २ नम्बर प्रदेशको लहानबाट भईरहेको हुँदा उक्त कार्यालय दिक्तेलबजारमा स्थापना गर्न समेत कांग्रेसले ज्ञापनपत्र मार्फत सरकार समक्ष जोडदार माग गरेको छ । खोटाङवासी जनताको मागप्रति वेवास्ता गर्दै उक्त निर्णय फिर्ता नलिएमा अझ शशक्त आन्दोलनको कार्यक्रम तय गर्ने कांग्रेसले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन