१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

सरकारी कार्यालय अन्यत्र सार्ने प्रस्ताबको खोटाङ कांग्रेसले गरे बिरोध

२१ फाल्गुन २०७४, सोमबार १४:१६

चिसाङ शेर्पा | फागुन २१, खोटाङ | जिल्लाका सरकारी कार्यालय अन्यत्र सार्ने संघीय सरकारको प्रस्ताबको खोटाङ कांग्रेसले बिरोध गरेको छ । जिल्लामा रहेका सरकारी कार्यालय अन्यत्र सार्ने, खारेजी गर्नेजस्ता प्रस्ताबलाई कांग्रेसले आन्दोलन मार्फत बिरोध जनाएको हो ।  

मुलुक संघीय संरचनामा गइसक्दा सिंहदरबारको हक अधिकार गाउँ–गाउँमा भनिरहंदा जिल्ला स्वास्थ्य कार्यालय दिक्तेललाई उदयपुर हस्तान्तरण गर्ने सरकारको पहिलो निर्णयले जिल्लालाई उजाड बनाउने भन्दै सोमबार खोटाङ काग्रेसले दिक्तेलबजारमा बिरोध र्याली निकाल्दै उदयपुरलाई हस्तान्तरण गर्ने निर्णय फिर्ता लिन स्थानिय प्रशासन मार्फत सरकारलाई ध्यानाकर्षण गरेको छ ।

जनतालाई सेवा सुविधा प्रधान गर्ने प्रत्यक्ष सरोकारका सरकारी कार्यालयहरु जिल्लाबाट गाउँ–गाउँमा पुर्याउनको सट्टा जिल्लाबाट खारेजी र अन्य जिल्लामा हस्तान्तरण गर्दै जाने नीति लिएको प्रती त्यसलाई तत्काल खारेजी गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारलाई खोटाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारी मार्फत ज्ञापनपत्र बुझाईएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर सभापती दुर्गाप्रसाद घिमिरेले बताउनुभयो ।

 

पहुँचका आधारमा भोजपुर र संखुवासभामा स्वास्थ्य कार्यालय कामय रहने तर, जिल्लाबाट जननिर्वाचित प्रतिनिधिहरुको असक्षमताका कारण धमाधम भएको सेवा सुविधासमेत कटौति भईरहेको संकेत गर्दै एक नम्बर प्रदेश मुख्यमन्त्रीको कार्यालय बिराटनगर र जिल्ला समन्वय समितिको कार्यालय दिक्तेलमा बोधार्थ बुझाईएको खोटाङ कांग्रेसले जनाएको छ । 

प्रस्ताबित गरिएका कार्यालयलाई खारेज गर्न, अन्य कार्यालयहरुसमेत दिक्तेलमा कायम राख्न साथै कर सम्बन्धि कारोबार २ नम्बर प्रदेशको लहानबाट भईरहेको हुँदा उक्त कार्यालय दिक्तेलबजारमा स्थापना गर्न समेत कांग्रेसले ज्ञापनपत्र मार्फत सरकार समक्ष जोडदार माग गरेको छ । खोटाङवासी जनताको मागप्रति वेवास्ता गर्दै उक्त निर्णय फिर्ता नलिएमा अझ शशक्त आन्दोलनको कार्यक्रम तय गर्ने कांग्रेसले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह