२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्ड र पाकिस्तानी प्रधानमन्त्री अब्बासीबीच भेटवार्ता

२०७४, २२ फाल्गुन मंगलवार ०५:१२

फागुन २२, काठमाडौं । नेपाल भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री शहीद खकान अब्बासी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

होटेल हायातमा भएको भेटमा नेपाल र पाकिस्तानबीचको दुईपक्षीय सम्बन्धका विषयमा छलफल भएको छ ।

भेटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले दुई देशबीचको सम्बन्ध र आपसी चासोका विषयमा आफूहरुबीच छलफल भएको बताए । करिब ४५ मिनेट भएको भेटवार्तामा आर्थिक एवं व्यापारका विषयलाई सुदृढ गरेर लैजाने विषयमा विचारविमर्श भएको उहाँले जानकारी दिए ।


दुईपक्षीय एवं बहुपक्षीय विषयमा छलफल हुँदा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई गतिशील बनाउन सबै सदस्य राष्ट्रले पहल गर्नुपर्नेमा जोड दिइएको उनले बताए ।

सार्कको विषयमा ठोस छलफल नभएको तर, शिखर सम्मेलनका लागि पाकिस्तानले निरन्तर पहल गरिरहेको पाकिस्तानी प्रधानमन्त्रीले बताएको उनले जानकारी दिए ।

पाकिस्तानी प्रधानमन्त्री शहीद खकान अब्बासीसँगको भेटमा प्रचण्डसँगै माओवादी केन्द्रका नेता एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन