२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

असन्तुष्ट पक्षलाई मिलाई राष्ट्र निर्माणको कार्यभार पूरा गरेरै छाड्छौ: नेता दाहाल

२०७४, २२ फाल्गुन मंगलवार ०७:३७

फागुन २२, काठमाडौँ | नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असन्तुष्ट पक्षले उठाउँदै आएको संविधान संशोधनको विषयलाई औचित्यका आधारमा अगाडि बढाइने बताउनुभएको छ । 

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्नक्रममा उहाँले संविधानसभाबाट निर्माण भएको संविधानलाई कार्यान्वयन गर्न प्रभावकारी प्रयत्नको जरुरी रहेको बताउँदै असन्तुष्ट पक्षलाई मिलाएर राष्ट्र निर्माणको कार्यभार पूरा गरेर छाडिने दृढता व्यक्त गर्नुभयो । 

वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सबै पक्षलाई मिलाएर लैजाने विश्वास व्यक्त गरेको स्मरण गर्दै उहाँले राष्ट्र निर्माणको यात्रामा सबै पक्षको रचनात्मक सहयोग जरुरी रहेको बताउनुभयो । 

संविधान कार्यान्वयनमा सबै पक्षको सहयोग भएकै कारण तीन वटै तहको निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले मुलुकले भोग्न लागेको आर्थिक संकटको समस्या समाधान गर्न पनि सबैको सहयोग जरुरी रहेको औँल्याउनुभयो । 

विगतमा पद प्राप्तिका लागि जस्तोसुकै चलखेल गर्ने प्रवृत्ति हावी भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले संविधान कार्यान्वयन र राष्ट्र निर्माणको महाभियानमा एक भएर जानुपर्ने र नयाँ परिस्थितिमा कार्यशैली पनि नयाँ हुनुपर्ने स्पष्ट पार्नुभयो । 

पूर्वाधार, पर्यटन, जलस्रोत र कृषिजन्य उद्योगको विकास गुणात्मक रुपमा लैजानुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले सुशासन, समृद्धि र स्थायित्व प्रदान गरेर रोजगारीको खोजीमा विदेशिएका युवालाई स्वदेश फर्काउने सकिन्छ भन्नुभयो । 

कुशासन, भ्रष्टाचार, अराजकता र अनियमितता अन्त्य गर्न वर्तमान सरकार दृढताका साथ लाग्ने अध्यक्ष दाहालको विश्वास थियो । उहाँले भन्नुभयो, “राम्रो गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई विनाभेदभाव दण्ड दिने संस्कारको विकास गर्नु जरुरी छ ।” 

हामीलाई जनताले सुशासन, स्थायित्व र विकासका लागि मत दिएको स्मरण गर्दै उहाँले त्यसप्रति सबै इमान्दार हुन जरुरी रहेको धारणा राख्नुभयो । 

चीन र भारतले गरेको आर्थिक समृद्धिबाट फाइदा लिएर नेपालको विकासको ढोका खोल्न सकिने स्पष्ट पार्दै उहाँले भन्नुभयो, “हामी भारतपरस्त पनि होइनौँ, चीनपरस्त पनि होइनौँ । हामी नेपालपरस्त भएर मुलुक निर्माणमा लाग्नु जरुरी छ ।” 

प्रतिपक्षसँग मिलेर वाम गठबन्धनको सरकार अगाडि बढ्ने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले राष्ट्रिय कार्यसूचीमा सरकार र प्रतिपक्ष नहुने र सबै मिलेर जानुपर्ने उल्लेख गर्नुभयो । उहाँले नेपालको राजनीतिक परिवर्तनमा योगदान गर्ने सबै शहीदप्रति सम्मान पनि व्यक्त गर्नुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन