१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वतन्त्र न्यायपालिकाको गरिमा भत्काउने काम नहोस्ः देउवा

२२ फाल्गुन २०७४, मंगलवार ०७:४४

फागुन २२, काठमाडौँ | नेपाली काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले असन्तुष्ट पक्षलाई मिलाएर अगाडि लैजान वर्तमान सरकारलाई सफलता मिलोस् भन्ने कामना गर्नुभएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा उहाँले संविधान कार्यान्वयनको महत्वपूर्ण कार्यभारका रुपमा रहेको तीन वटै तहको निर्वाचन सफल बनाउन सबैले खेलेको भूमिकाको प्रशंसा गर्दै संविधानका आधारभूत संरचनामा परिवर्तन गर्ने काम कोही कसैबाट नहोस् भन्नुभयो । 

स्वतन्त्र न्यायपालिकाको गरिमा भत्काउने काम कोही कसैबाट नहोस् भन्दै उहाँले सबै निकाय संविधानले तोकेअनुसारको दायित्व पूरा गर्न सफल हुने अपेक्षा गर्नुभयो । 

पूर्वप्रधानमन्त्री देउवाले नेपालको आर्थिक तथा सामाजिक विकासको आधार तयार भएकाले जलस्रोत र भौतिक पूर्वाधारका लागि सबै पक्ष मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । “पर्यटन तथा जलस्रोतको विकासका लागि एकीकृत प्रयास तथा सहकार्य जरुरी छ, लगानीमैत्री वातावरण बनाउन सके वैदेशिक लगानीसमेत बढ्न सक्छ”, उहाँले भन्नुभयो । 

काँग्रेसका सभापति देउवाले नेपालको परिवर्तन काँग्रेसको नेतृत्वमा नै भएको हो भन्दै संविधान कार्यान्वयनसमेत काँग्रेसको नेतृत्वमा नै भई नेपालको राजनीतिक प्रक्रिया अगाडि बढेकामा सन्तोष व्यक्त गर्नुभयो । काँग्रेसले विपक्षी पार्टीको भूमिका संसद्मा सकारात्मक तवरले खेल्ने स्पष्ट पार्दै उहाँले सरकारलाई आफ्नातर्फबाट पूरापूर सहयोग हुने विश्वास दिलाउनुभयो । 

संविधानको कार्यान्वयनमा सकारात्मक सहयोग उपलब्ध गराइने बताउँदै नेता देउवाले आर्थिक समृद्धिको दिशामा सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह