२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ठूलो छाती बनाउन वाम गठबन्धनलाई आग्रह

२०७४, २२ फाल्गुन मंगलवार ०९:५१

फागुन २२, काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै विभिन्न दलका नेताले राष्ट्रिय समस्या समाधानका लागि वर्तमान सरकार सफल हुने विश्वास व्यक्त गरेका छन् । 

नेपाली जनताले वाम गठबन्धनलाई करीव दुई तिहाइ मत दिएकाले उनीहरुले ठूलो छाती गरेर सबैलाई समेटेर अगाडि बढ्नुपर्नेमा नेताहरुले जोड दिए । 

राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले लडाइँ र झगडाको युग समाप्त गर्न सबै पक्ष इमान्दार भएर लाग्नुपर्ने तथा सबै पक्षको माग र असन्तुष्टि सम्बोधन गर्नुपर्ने बताउनुभयो । नेता महतोले भन्नुभयो, “हामी पनि लडाइँ झगडाको युग समाप्त गर्न चाहन्छौँ तर कार्पेटभित्र छोपेर राखिएको फोहर नहटाई कसरी मुलुक समृद्ध हुन सक्छ ? असन्तुष्टि कसरी सम्बोधन हुन सक्छ ?” 

प्रकृतिले नेपाललाई दिएको ठूलो वरदानको उचित प्रयोग गरेर आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो । उहाँले हिमाली, पहाडी तथा तराईका जनताको आफ्नो राष्ट्रप्रति उत्तिकै चिन्ता चासो तथा सम्मान रहेको छ भन्दै सबैलाई मिलाएर लैजान नेतृत्व गर्नेले ध्यान दिनुपर्ने धारणा राख्नुभयो । 

उहाँले संविधानलाई धर्मग्रन्थ नबनाउन आग्रह गर्दै जनताको मागअनुसार संशोधन गरेर असन्तुष्ट पक्षलाई समेटेर लैजान वर्तमान सरकार सफल हुने विश्वास व्यक्त गर्नुभयो । 

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान गतिशील राजनीतिक दस्तावेज भएकाले यसलाई समयानुकूल परिमार्जन गर्नुपर्ने बताउनुभयो । संविधानमा संघीयता र धर्म निरपेक्षतालगायत केही राम्रा पक्ष रहेको उल्लेख गर्दै उहाँले न्यायमा समान पहुँच र अनुभूति गर्न नपाएका समुदायले अपनत्व महसुस गर्नेखालको संविधान बनाउन यसको संशोधन जरुरी रहेको उल्लेख गर्नुभयो ।

राष्ट्रियता, राष्ट्रिय सुरक्षा प्रणाली र आर्थिक विकासलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उहाँले ती विषयमा सबैको समान मत भए मात्रै मुलुक समृद्ध बन्न सक्ने धारणा राख्नुभयो । बन्द भएका उद्योगधन्दा सञ्चालन गर्नुपर्ने र नयाँ उद्योगधन्दाको स्थापनाका लागि सामूहिक प्रयत्न जरुरी रहेको उहाँको भनाइ थियो । 

राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलले आर्थिक वृद्धि र विकासका लागि भ्रष्टाचार नियन्त्रण जरुरी रहेको बताउनुभयो । नेमकिपाका प्रेम सुवालले राष्ट्रिय अर्थतन्त्रको विकासका लागि घुसखोरी र कमिसनखोरी प्रवृत्तिको अन्त्य गर्नुपर्ने, विद्युत् खरिद गर्ने अवस्थाको अन्त्य हुनुपर्ने र स्वदेशमा नै रोजगारीको व्यवस्था गर्नुपर्ने सुझाव दिँदै रोजगारीको खोजीका लागि विदेशिने युवालाई यहीँ राख्न विशेष पहल गर्नुपर्ने बताउनुभयो । 

राप्रपाका राजेन्द्र लिङ्देनले वर्तमान सरकारले जनताका पक्षमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन