२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

एमाले जिल्ला कमिटि अर्घाखाँचीको पूर्ण बैठक सम्पन्न

२२ फाल्गुन २०७४, मंगलवार १६:०७

फाल्गुन २२, अर्घाखाँची | नेकपा एमाले जिल्ला कमिटि अर्घाखाँचीको पूर्ण बैठक कमिठिका अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षता, एमाले केन्द्रीय सदस्य तथा अर्घाखाँची इन्चार्ज नजिर मियाको प्रमुख आथित्यतामा सम्पन्न भएको छ । 

बैठकले प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनको समिक्षा गर्दै नगरपालिका र गाउँपालिकाको बैठक बसाल्ने र कमिटिहरुलाई चलाएमान गराउन निर्देशन गरेको छ । साथै बैठकले सदस्यता नबिकरण २०७२ चैत्र मसान्त भित्रमा अनिवार्य गर्न पनि निर्देशन गरेको नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष चेतनारायण  आचार्यले जानकारी दिनुभयो । बैठकले प्रदेश सभा संसाद  र जनप्रतिनिधीलाई विकास निर्माण कार्यमा प्रभावकारी रुपमा परिचालन गर्न पाटी इन्चार्ज नजिर मियाको संयोजकत्वमा ६ सदस्यीय जनप्रतिनिधी परिचालन कमिटि निर्माण गरेको छ । जसको सदस्यमा नरेन्द्र कुमार क्षेत्री, पिताम्बर भुसाल, पबित्रा पौडेल, जनार्दन खनाल रहनुभएको प्रचार बिभाग प्रमुख भोजबहादुर गन्दर्वले जानकारी दिनुभयो । 

बैठकले नेकपा माओबादी पूर्व उपप्रधान मन्त्री तथा प्रतिनिधी सभा सदस्य टोपबहादुर रायमाझीका बुबा बिनबहादुर रायमाझीको असामयीक निधन प्रति शोक प्रस्ताव पारित समेत गरेको छ । त्यस्तै नेकपा एमाले जिल्ला कमिटि सदस्य जीवन चौहानका बुबा, जिल्ला कमिटि सदस्य झबिन सुनामका माताको निधन प्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा पाँच नम्बर प्रदेशका सांसद रामजी प्रसाद घिमिरे, एमाले प्रदेश संगठन कमिटि सदस्य नरेन्द्र कुमार क्षेत्री, पिताम्बर भुसाल, पबित्रा पौडेल, केन्द्रीय स्कूल बिभाग सदस्य बुद्धिबहादुर रायमाझी, पूर्व राट्रिय परिषद सदस्य कुटमदिन अलि लगायतको आथित्यता रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला कमिटि सचिव रामबहादुर चौहानले गर्नुभएको प्रचार बिभाग प्रमुख गन्दर्वले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान