2026-08-29 10:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

एमाले जिल्ला कमिटि अर्घाखाँचीको पूर्ण बैठक सम्पन्न

फाल्गुन २२, अर्घाखाँची | नेकपा एमाले जिल्ला कमिटि अर्घाखाँचीको पूर्ण बैठक कमिठिका अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षता, एमाले केन्द्रीय सदस्य तथा अर्घाखाँची इन्चार्ज नजिर मियाको प्रमुख आथित्यतामा सम्पन्न भएको छ । 

बैठकले प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनको समिक्षा गर्दै नगरपालिका र गाउँपालिकाको बैठक बसाल्ने र कमिटिहरुलाई चलाएमान गराउन निर्देशन गरेको छ । साथै बैठकले सदस्यता नबिकरण २०७२ चैत्र मसान्त भित्रमा अनिवार्य गर्न पनि निर्देशन गरेको नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष चेतनारायण  आचार्यले जानकारी दिनुभयो । बैठकले प्रदेश सभा संसाद  र जनप्रतिनिधीलाई विकास निर्माण कार्यमा प्रभावकारी रुपमा परिचालन गर्न पाटी इन्चार्ज नजिर मियाको संयोजकत्वमा ६ सदस्यीय जनप्रतिनिधी परिचालन कमिटि निर्माण गरेको छ । जसको सदस्यमा नरेन्द्र कुमार क्षेत्री, पिताम्बर भुसाल, पबित्रा पौडेल, जनार्दन खनाल रहनुभएको प्रचार बिभाग प्रमुख भोजबहादुर गन्दर्वले जानकारी दिनुभयो । 

बैठकले नेकपा माओबादी पूर्व उपप्रधान मन्त्री तथा प्रतिनिधी सभा सदस्य टोपबहादुर रायमाझीका बुबा बिनबहादुर रायमाझीको असामयीक निधन प्रति शोक प्रस्ताव पारित समेत गरेको छ । त्यस्तै नेकपा एमाले जिल्ला कमिटि सदस्य जीवन चौहानका बुबा, जिल्ला कमिटि सदस्य झबिन सुनामका माताको निधन प्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा पाँच नम्बर प्रदेशका सांसद रामजी प्रसाद घिमिरे, एमाले प्रदेश संगठन कमिटि सदस्य नरेन्द्र कुमार क्षेत्री, पिताम्बर भुसाल, पबित्रा पौडेल, केन्द्रीय स्कूल बिभाग सदस्य बुद्धिबहादुर रायमाझी, पूर्व राट्रिय परिषद सदस्य कुटमदिन अलि लगायतको आथित्यता रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला कमिटि सचिव रामबहादुर चौहानले गर्नुभएको प्रचार बिभाग प्रमुख गन्दर्वले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो